काठमाडौं/ सर्वोच्च अदालतमा परेको प्रहरी महानिरिक्षक आइजिपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारी निर्णयविरुद्ध परेका रिटमाथि अदालतले भोलि निर्णय सुनाउने भएको छ ।
आज बहस सकिए पनि फैसला सुनाउने तयारी भइरहँदा सर्वोच्चको वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रम भएकाले फैसला भोलि सुनाउने भएको हो ।
सर्वोच्चको पुर्ण इजलासमा आज सरकारका तर्फबाट सहन्यायधिवक्ता र उपमहान्याधिवक्ताले बहस गरेपछि निवेदकका तर्फबाट जवाफी बहस भएको थियो ।
चन्दका पक्षका कानुन व्यवसायिले भने बहस गर्न अस्वीकार गरेका छन् । निवेदकका तर्फका कानुन व्यवसायिको बहस हिजो सकिएको थियो ।
महानिरिक्षक सम्बन्धि मुद्धाको अन्तिम सुनुवाईका लागि प्रधानन्यायाधीश सुशिला कार्की, न्यायाधीश हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आन्नद मोहन भट्टराई र अनिल कुमार सिन्हा रहेको पुर्ण इजलास गठन गरिएको छ ।
निवेदकका तर्फवाट बहस गर्दै कानुन व्यवसायिले पहिलो वरियताका नवराज सिलवाललाई नै महानिरीक्षक बनाउनुपर्ने बताएका छन ।
प्रहरी महानिरिक्षकमा तेस्रो वरियताका चन्दलार्इ नियुक्त गरिएपछि दावेदार डिआइजी सिलवालले सरकारी निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।
(एभरेष्ट दैनिक)