आइतबार अयोजित कार्यक्रममा नेपाल एयरलाइन्सले ट्राभल एजेन्सी तथा कार्गो कम्पनीहरुलाई सम्मान गरेको छ। राष्ट्रिय ध्वजाबाहकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा बढी यात्रु टिकट बिक्री गर्ने एजेन्सीहरुलाई सम्मान गरेको हो।
विशेष कार्यक्रमको आयोजना गरी आन्तरिक तर्फ सबैभन्दा बढी निगमको लागि यात्रु टिकट बिक्री गर्ने एजेन्सी र अन्तर्राष्ट्रियतर्फ हङकङ,मलेसिया तथा बैंककका एजेन्सीहरुलाई सम्मान गरिएको थियो।
त्यस्तै समग्र अन्तर्राष्ट्रिय तर्फ सबैभन्दा बढी टिकट बिक्री गर्ने दशवटा एजेन्सीलाई पनि सम्मान गरिएको थियो। विभिन्न छवटा विधामा उत्कृष्ट एजेन्सीहरुलाई सम्मान गरिएको थियो। उक्त अवसरमा अन्तर्राष्ट्रिय तर्फको लागि सबैभन्दा बढी यात्रु टिकट बिक्री गरेबापत दशवटा एजेन्सीलाई सम्मान गरिएको थियो। जसमा सबैभन्दा बढी टिकट बिक्री गरेकोभन्दै मेगाबाइट, हार्भेष्टमुन, ओशो वल्र्ड, शिलिङ, युनियन, फास्ट, देउराली, बोन्ड, रेन्बो र गण्डकी ट्राभल्स एन्ड टुर्सलाई क्रमश उत्कृष्ट दशवटा एजेन्सीलाई एयरलाइन्सले सम्मान गरेको छ। त्यस्तै निगमले उत्कृष्ट तीनवटा कार्गो कम्पनीलाई पनि सम्मान गरेको छ। एजेन्सी र एरलाइन्सबीचको व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउनको लागि यसरी सम्मान गरिएको महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री दिलानाथ गिरी,मन्त्रालयका उच्च अधिकारी, पर्यटन व्यावसायीहरुको सहभागिता रहेको उक्त समारोहमा विदेशी एजेन्सीका प्रतिनिधीहरु पनि सहभागी थिए। उक्त अवसरमा महाप्रबन्धक कंसाकारले एयरलाइन्स सुदृढ हुँदै गएको र अबको एकवर्षभित्र दुईवटा वाइडबडी आएपछि व्यापारमा फड्को मार्ने विश्वास लिए। नेपालको लागि बैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै पर्यटन भएको र नेपालमा पर्यटक ल्याउनको लागि राष्ट्रिय ध्वजाबाहक बलियो हुनुपर्ने उनको भनाइ थियो। राष्ट्रिय ध्वजाबाहक प्रत्यक्ष फाइदाको लागि भन्दा पनि त्यसबाट हुने अप्रत्यक्ष आम्दानीका लागि संसारभरका सरकारहरुले लागनी गरिरहेको सन्दर्भमा नेपाल सरकारले पनि नेपाल एयरलाइन्समा लागनी गर्नुपर्ने धारणा राखे। एयरलाइन्सले वाइडवडी ल्याउन लागेको सन्दर्भमा त्यसालई रोक्नको लागि बजारमा विभन्न हल्ला चलाइएको भन्दै त्यसबाट आफूहरु बिचलित नहुने उनले बताए। निगमको विश्वासनियता बढीरहेको र त्यसलाई तथ्यांकले पनि पुष्टि गरेको उनले जानकारी दिए। व्यवस्थापनको कुरा उठाएर निगमलाई विमान खरिदमा बाधा हाल्ने प्रयास भएको उनले बताए। व्यवस्थापन कहिलै पुरा नह्ुने विषय भएपनि निगमको भलो नचाहने तत्वले त्यसमा भाँजो हाल्न खोजेको उनको आरोप थियो। कार्यक्रममा नेपाल टुर्स एन्ड ट्राभल्स एसोसिएसन९नाट्टा०का अध्यक्ष मधुसुदन आचार्य,पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे लगाएतले नेपालमा विदेशी पर्यटक ल्याउने हो भने नेपाल एयरलाइन्समा विमान थप र व्यवास्थापन चुस्त बनाउनुपर्ने धारणा राखेका थिए।