तरहरा/नेपाली राजनीतिका  दिवंगत नेता गिरीजाप्रसाद कोइरालाको स्मृति दिवसमा पत्रकार महासंघ सुनसरीका अध्यक्ष सहित ५ जनालाई सम्मान गरिएको छ । नेपाली काँग्रेस इटहरी वडा नं. ४ ले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका नवनिर्वाचित अध्यक्ष अमर खड्का, नेपाल शिक्षक संघ सुनसरीकी नवनिर्वाचित उपाध्यक्ष सरस्वती कार्की, इटहरी जनता बहुमुखी क्याम्पसबाट स्ववियू निर्वाचनमा सचिवमा बिजयी बिनोद कोइराला, सदस्यहरु सन्जय मगर र राधा चौधरीलाई सम्मान गरिएको हो ।

सम्मानित सबैलाई नेपाली काँग्रेस जिल्ला सभापति राजीव कोइरालाले सम्मानपत्र प्रदान गरेका हुन् । सो क्रममा उनले सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनलाई महापर्वको रुपमा लिएर अभियान थाल्न आग्रह गरेका छन् । उनले गाउँ गाउँ पुगेर जनताको भावना अनुसार अघि बढ्न कार्यकर्तालाई आग्रह समेत  गरे । कार्यक्रममा काग्रेस सुनसरीका पूर्व अध्यक्ष रामबहादुर वस्नेत, सुनसरी क्षेत्र नं. २ का सभापति मणीराम श्रेष्ठ, नेता महेश बास्तोला, तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुङ, नेता फुलराज सुवेदी र  विद्यार्थी नेता मन्दिप भट्टराईलगायतले बोलेका थिए ।