लहान / सिरहास्थित नया पत्रिकाकर्मी तथा प्रेस चौतारीका केन्द्रीय सदस्य दिलीप सिंहलाई लहाको निजी विद्यालयका एक प्रिन्सिपलले ज्यानमार्ने धम्की दिएका छन् । लहानस्थित सीता नोबेल न्युज सेन्टर भित्र कम्प्युटरमा सामाचार लेखिरहेको अवस्थामा देब आइडियल इङ्गलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल मुरारी साहले सामाचारको विषयलाई लिएर आइतवार साझ ज्यान मार्ने धम्की दिएका हुन् । माध्यमिक शिक्षा परीक्षा अन्तर्गत लहानस्थित पडरिया थारु टोल केन्द्रमा आइतवार भएको गणित विषयको परीक्षामा सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी सोमराज भट्टराई, प्रहरी उपरीक्षक शेखर कोइरालासहितको अनुगमन टोलीले नक्कली निरीक्षक पक्राउ गरेको सामाचार नया पत्रिका सोमबार प्रकाशित भएको थियो । उक्त सामाचारको विषयलाई लिएर प्रिन्सीपल साहले धम्की दिएको पत्रकार दिलीप सिंहले बताए । उनका अनुसार मुरारी साहले नक्कली निरीक्षक पक्राउबारे सामाचार किन पत्रिकामा प्रकाशन गरेको भन्दै ज्यान मार्ने धम्की दिएको हो । पत्रकार सिंहले भने –‘म सामाचार लेखिरहेको थिए । सो ठाउमा आएर समााचार किन लेखेको भनि उफ्रिदै कुटपिट गरी काटेर टुक्रा टुक्रा पारि दिने भन्दै धम्क्यायो ।’ प्रिन्सिपल साहले सामाचार लेख्ने ठाउबाट अहिले नै बाहिर आऊ यही ठाउमा मारिदिने भन्दै धम्की दिएका थिए । साहले पत्रकार सिंहले धम्की दिएको अडियो रेकर्ड सुरक्षित छ । घट्नाबारे प्रेस चौतारी सिराहा शाखाले विज्ञप्ति जारी गरि ध्यानाकर्षण भएको जनाएको छ । समाचारको विषयलाई लिएर धम्की दिनु निन्दनीय भएको विज्ञप्तिमा भनिएको छ ।