धरान/असिना पानीले धरानका एक वृद्धाको मृत्यु भएको छ । सोमबार परेको असिनापानीले धरान–१६ सिमानापथका अन्दाजी ५७ वर्षीय धर्मप्रसाद सिग्देलको मृत्यु धरान प्रहरीले जनाएको छ । [caption id="attachment_35290" align="alignleft" width="300"] Corpse[/caption] अचारको लागि प्रयोग गरिने जंगली सिपलीको मुना टिप्न गएका उनको असिना पानी र रातभरको चिसोका कारण मृत्यु भएको बसन्त राईले जानकारी दिए । मृतक सिग्देलसँगै गएका करिव ३२ वर्षीय गोपाल राईका अनुसार साघुँरी नजिकै असिनापानीले भेटेको थियो । त्यहाँबाट फर्किएर सर्दुखर्दुको पानी ट्यान्कीसम्म ल्याएर राखेर आफू सहयोग माग्नको लागि फुस्रे झरेको उनले बताएको बसन्तले जानकारी दिए । सिपली टिप्नको लागि सोमबार बिहानको ७ बजेतिर गएको परिवारजनले बताएको छ । प्रहरीले मुचुल्का उठाएर शव ल्याउने कार्य गरिरहेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । प्रारम्भिक अनुसन्धानमा असिना पानीले नै कुटेर मृत्यु भएको डिएसपी खतिवडाले बताए । लामपाते खोला र सर्दुको दोभानमा शव भेटिएको थियो ।