तरहरा / सुनसरीको साविक वक्लौरी र भरौलका अधिकांस गाउँमा खानेपानीको हाहाकार सुरु भएको छ । वक्लौरी क्षेत्रमा कलबाट समेत पानी ननिस्के पछी त्यहाँका सर्वसाधरण स्वच्छ खानेपानी खानबाट बञ्चित हुदै आएका छन । तर सुनसरीमा करोडौको लागतमा निमार्णधिन खानेपानी योजनाहरु समयमै निमार्ण हुन नसक्दा अपुरै छ ।

वक्लौरीका स्थानीय वासीहरुले आफुहरु स्वच्छ खानेपानी खानबाट बञ्चित भएको दुखेसो गरेका छन । ७ वर्ष अगाडी साविक बक्लौरीका अधिकांश वडाका सर्वसाधरणले खानेपानीको समस्या भोग्नु परेको गुनसो गरेका हुन । गाउँमा खानेपानी आउँने हल्ला सँगैसर्वसाधरणहरुले ७ वर्ष अगाडी पैसा दिए पनि अहिले सम्म खानेपानी सुचारु नहुदा अहिले सर्वसाधरणहरुमा निरासा छाएको छ ।

उपभोक्ता समितिकै लापरवार्हीको कारण वक्लौरीका स्थानीयवासीहरु स्वच्छ खानेपानी खानबाछ बञ्चित भएकोस्थानीय अगुवा राम खतीवडाले बताए । उनले भने यहाँ सँगै सुरु भएको खानेपानी योजना अनेत्र ठाउँमा सुरु भए पनि यहाँका जनता खानेपानी खानबाट बञ्चित भईरहेको सुनाए । कलमा पनि पानी आउँदैन,घरघरमा धारा छ पानी छैन सर्वसाधरणहरु पिडित छन उनले भने ।

साविक वक्लौरी ३ की जनमाया खत्रीले कलको पानी गन्हाएर खान सक्ने अवस्था नभएको वताईन । कलको पानी समेत राम्रो नआउँदा खानेपानीको ठुलो समस्या भएको उनको भनाई थियो । घर देखि निक्कै परको छिमेकीहरुले निकालेको वोरिङको पानी खादै आएको उनको भनाई थियो । त्यस्तै स्थानीय मनीकला राईले पनि खानेपानी उपभोक्ता समितिबाट पानी खान नपाएको गुनासो सुनाईन । आफुले १५ सय रुपैया उपभोक्ता समितिलाई दिएको भए पनि वर्षे दिन वित्दा समेत स्वाच्छ पानी खान नपाएको उनको गुनासो थियो ।

वक्लौरीकै स्थानीय सृजना चौधरी धमिलो पैनीमा लुगा धुदै भेटिईन । उनले कलको पानी रातै भएको कारण कलको पानीले कपडा विर्गोने गरेको कारण पैनीको फोहोर पानीमा कपडा धुन वाध्यता भएको सुनाईन । त्यस्तै स्थानीय जमानसिंह वस्नेतले पनि समितिको पानीलाई पैसा वmुभाए पनि पानी नआएको कारण केहि छिमेकीलाई मिलाएर वोरिङ गरेको वताए । अहिले दैनिक १ सय घरले उक्त वोरिङको पानी प्रयोग गदै आएको वताए ।

आदर्श खानेपानी आयोजना नाम दिएर ग्रामिण खानेपानी नामको एनजिओको ९४ प्रतिशत लगानी र उपभोक्ताको ५ प्रतिशत लगानीमा सम्पन्न भएको खानेपानी लामो समय देखि अलपत्र अवस्थामा जस्तै छ । आर्दश खानेपानी उपभोक्ता समितिका अध्यक्ष क्याम प्रधानले प्राविधिक र महाभूकम्पको कारण समयमै खानेपानी खुवाउँन नसकेको वताए । वोरिङबाट पानी नआएको कारण सर्वसाधरणहरु स्वच्छ खानेपानी खानबाट बञ्चित भएको उनको भनाई थियो । यता साविक वक्लौरी गाविसका सचिव लिला अधिकारीले वक्लौरीका करीब ४ सय परीवार पानीखानबाट बञ्चित हुदै आएको बताए ।

यता खानेपानी तथा सरसफाई डिभिजन कार्यलय इटहरीका प्रमुख धर्मेन्द्रकमार केशरीले दक्षिणी भेग सँगै केहि ठाउँमा सर्वसाधरणहरु स्वच्छ खानेपानी खानबाट बञ्चित हुदै आएको वताए । उनका अनुसार ५ करोडमा निर्माणधिन खानेपानी आयोजना, ५ करोड ९३ लाखमा निमार्णधिन खनार खानेपानी आयोजना, ४ करोड ८५ लाख वजेटमा रहेको चिमडी वेलाह खानेपानी आयोजना,५ करोड २६ लाखको हरीनगरा खानेपानी आयोजना विविध कारणले अहिले सम्म निमार्ण भई नक्सक्दा समस्या भईरकेको वताए । हाल सुनसरीमा ४५ वटा खानेपानीको योजना संचालित छन भने २४ वटा पुरानो योजनाहरु अलपत्र अवस्थामा रहेको छ ।