धरान/विश्व पानी दिवशको अवसरमा सर्दुजलाधार क्षेत्रमा सरसफाई तथा अन्तरक्रिया गर्दै मनाइएको छ । [caption id="attachment_36163" align="alignnone" width="1024"] पानी दिवसको अवसरमा धरान सर्दुजलाधार क्षेत्रमा सरसफाई गर्दै । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] धरानवासीको लागि सर्दुखर्दु जलाधारबाट ७० प्रतिशत पानी आपूर्ती हु“दै आएको छ । बुधबार पानी दिवसमा सर्दुजलाधारमा पुगेर धरान खानेपानी व्यवस्थापन वोर्डले सरसफाई तथा अन्तरक्रिया गरेको हो । सर्दुको खानेपानी मुहान क्षेत्रमा स्थानीयवासी, स्कुलका विद्यार्थी तथा सशस्त्र प्रहरी बललगायतको उपस्थितिमा सफाई गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय निर्देशक प्रेमप्रसाद भट्टराईले पनि सफाई गरे । पानीको महत्व बुझाउन र सचेतना फैलाउनको लागि जलाधार क्षेत्र सफाई गरिएको वोर्डका सदस्य आनन्द श्रेष्ठले बताए । वर्षायाममा सर्दुजलाधारकै पानी धरानवासीले प्रयोग गर्दै आइरहेका छन् । यसैबीच पानीको महत्व बुझाउनको लागि विज्ञहरुले जानकारी गराएका छन् । विगत १० वर्षदेखि वातावरण तथा पर्यटन विकास केन्द्रले सर्दुजलाधार क्षेत्रमा पुगेर सरसफाई तथा जनचेतना जगाउदै पानी दिवस मनाउदै आएको छ । यसपटक ‘धरानको खानेपानी समस्या समाधानको बाटोमा’ विषयमा अन्तरक्रियासमेत गरिएको छ । जसमा वोर्डका इन्जिनियर शैलेस शाक्य र धरानको खानेपानीको विषयमा अनुसन्धान गरिरहेको सेस नेपालका विज्ञहरुले खानेपानीको विषयमा जानकारी गराएका छन् । सेस नेपालका विज्ञले खानेपानीको अनुसन्धान कसरी भइरहेको छ त्यो बारेमा बताएका थिए । विश्वभर मार्च २२ का दिन पानी दिवस मनाउदै आएको छ ।