देशका ठूला शहरहरुसँग प्रतिस्पर्धा गरिरहेको इटहरी १ नम्बर प्रदेशको राजधानी दाबी गर्ने बलियो र उपयुक्त शहर हो । काठमाडांै र बुटबलपछिको उदीयमान शहरको रुपमा विकास हुँदैगरेको इटहरी आफैमा लोभलाग्दो छ । इटहरीलाई प्रदेशको राजधानी बनाउने माग जनताले गर्न थालेका छन् । देश सङ्घीय संरचनामा गएसँगै इटहरीवासीले प्रदेशको राजधानी इटहरी हुनुपर्छ भन्ने आवाज उठाउनु उपयुक्त छ । पूर्वका पुराना शहरहरुलाई समेत नेतृत्व गर्दै अगाडि बढेको शहर प्रदेशका १४ जिल्लाको केन्द्रविन्दुमा पर्ने भएको कारण पनि राजधानी बनाउन उपयुक्त शहर हो ।

इटहरीले दर्जनौं आधार बोकेर प्रदेशको राजधानीको विषयमा बहस गरिरहँदा धनकुटा लगायतका जिल्लाले प्रदेशको राजधानी दाबी गर्नु कतिको उपयुक्त होला ? राजधानी धनकुटा बनाउँदा जनतालाई पायक पर्ला ? यो विषयमा धनकुटावासीले सोच्ने कि नसोच्ने ? आम नागरिकलाई सहज र पायक पर्ने इटहरीजस्तो ठाउँलाई बनाउन नदिने हो भने प्रदेशका जनताले नेतृत्व तहलाई धिक्कार्ने पक्का छ । प्रदेशको राजधानी इटहरी हँुदा प्रदेशका जनताहरुलाई इटहरीहँुदै आवतजावत गर्ने सहज बाटोघाटोको समेत सुविधा भएको कारण प्रदेश १ को राजधानीको लागि इटहरीको विकल्प खोज्नुहुन्न ।

इटहरी जनघनत्वको हिसाबले पनि अहिले निकै अगाडि बढ्दै गएको, ठूलो क्षेत्रफलमा विकास भइरहेको इटहरी प्रादेशिक राजधानीको लागि पूर्वका अन्य शहरभन्दा निकै उपयुक्त छ । राजधानी हुनको लागि अनेकांै सम्भावना बोकेको इटहरीको विकल्प खोज्नु कदापि हँुदैन । प्रदेशको सबै जनतालाई पायक पर्ने इटहरीमा प्रदेशका मन्त्रालयहरु राख्नुपर्ने देखिन्छ । प्रादेशिक राजधानीलाई मन्त्रालय बस्न पुग्ने ठाउँहरु इटहरीमा प्रशस्त छ । प्रादेशिक राजधानीको लागि इटहरीको तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, इटहरीकै जुटविकास चौकमा रहेको जुट अनुसन्धान केन्द्र र इटहरीकै झुम्कामा रहेको कृषि तालिम केन्द्र उपयुक्त ठाउँ हुन् । यी कार्यालयहरुलाई सरकारले प्रादेशिक राजधानी बनाउनुको विकल्प छैन ।

प्रदेशलाई थोरै भएपनि आर्थिक भारबाट जोगाउन यी कार्यालयहरुमा भएका भवनहरुलाई मन्त्रालय बनाउन सकिन्छ र बनाउनु पर्छ । क्षेत्रीय कृषि अनुसन्धानमा १ सय ४ हेक्टरमा १ सय ५६ बिघा जमिनसँगै दर्जनौं सुविधासम्पन्न भवनहरु छन् । यस्तै जुट अनुसन्धान केन्द्रमा २२ हेक्टरमा झण्डै ३६ बिघा जमिन र दर्जनौं भवन छन् । यस्तै झुम्कामा रहेको कृषि तालीम केन्द्रलाई पनि मन्त्रालय बनाउन सकिन्छ । मन्त्रालयहरु धेरै हुनेहँुदा धरान, इटहरी, झुम्का लगायतका ठाउँमा मन्त्रालयहरु बाँड्न सकिन्छ ।

एउटै ठाउँमा मात्र नभइ यसरी मिलाएर पनि मन्त्रालयको बाँडफाँड गर्न सकिने प्रशस्त आधार बोकेर बसेको इटहरीलाई अन्य शहरले राजधानीको दाबी गर्नु त्यति उपयुक्त हुँदैन कि ? एक नम्बर प्रदेशको राजधानीको प्रमुख दावेदार शहर इटहरी नै हो । केही समय अघिसम्म यात्रुले रोकेर चिया पिउने चोकका रूपमा रहेको इटहरी अहिले उदीयमान शहरका रूपमा परिचित छ । छोटो समयमा राम्रो शहरका रूपमा परिणत भएको यो शहर यातायात र व्यापार व्यवसायको केन्द्र बनेको छ ।

पूर्वाञ्चलका अधिकांश जिल्ला पुग्न इटहरी पुग्नैपर्ने बाध्यता समेत छ । पर्यटकीय हिसाबले हेर्ने हो भने इटहरीभित्रै पर्ने तालतलैया बाहेकका क्षेत्र नभए पनि भेडेटार, नाम्जे, राजारानी, बराह क्षेत्र, प्राचीन हरिद्वार, रामधुनी, पिण्डेश्वर, बूढासुब्बा, दन्तकाली लगायतका पर्यटकीय तथा धार्मिक स्थलहरू नजिकै पर्छन् । इटहरीमा सानाठूला होटल तथा लजहरूसमेत प्रशस्तै छन् । अझ होटलहरूमा पनि ठूलो लगानी थपिँदो छ । बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति पनि इटहरीमा उपयुक्त हो भन्दा फरक नपर्ला ।

यातायातको दृष्टिकोणबाट पूर्व, पश्चिम, उत्तर, दक्षिणहुँदै जुनसुकै ठाउँबाट इटहरी सहज छ । पूर्वबाट इटहरीहुँदै दैनिक सयौं यात्रुवाहक बसले काठमाडौं, पोखरा, बुटबल, वीरगञ्ज, नेपालगञ्ज, महेन्द्रनगर, इलाम, धनकुटा, तेह्रथुम लगायतका क्षेत्रमा यात्रा गर्न इटहरी पुग्नैपर्ने बाध्यता छँदैछ । इटहरीमा नेपाली सेनाको पृतना मुख्यालय र इटहरीसँगै जोडिएको पकलीमा सशस्त्र प्रहरीको क्षेत्रीय स्तरको बाहिनी छ । २०६८ को जनगणनाअनुसार इटहरी महानगरपालिका भइसकेपछि एकम्बा, खनार, पकली तथा हाँसपोसा गाविस सबै गरेर यहाँको कूल जनसङ्ख्या १ लाख ४१ हजार ५ सय १७ भन्दा बढी पुगेको छ ।

यहाँ ३३ हजार ७ सय ९४ घरपरिवार बसोबास गर्दछन् । नगरमा २० वडा छन् । समुद्र सतहबाट १ सय १६ देखि १ सय ६४ मिटरसम्मको उचाइ र कूल चार हजार १ सय ७७ हेक्टरमा पैmलिएको इटहरी नगरक्षेत्रमा आवास तथा व्यापारिक क्षेत्र ३० हेक्टरभन्दा बढी जमीनमा पैmलिएको छ । इटहरीबाट उत्तरमा १२ किलोमिटरको दूरीमा धरान उपमहानगरपालिका रहेको छ, दक्षिणमा २२ कि.मि.को दूरीमा विराटनगर उपमहानगरपालिका छ, पूर्वमा सानाठूला थुप्रै शहर छन् ।

सञ्चारको तिब्र विकास काठमाडौंपछि इटहरी सञ्चारको क्षेत्रमा पनि तिब्र विकास भइरहेको शहर हो । यहाँ पूर्वकेन्द्रित ठूलठूला मिडिया हाउसहरुको कार्यालय धमाधम खोल्न थालिएको छ भने दैनिक, साप्ताहिक आधा दर्जन एफ.एम, टिभी र अनलाइन थुपै्र छन् । इटहरीबाट दैनिक अन्य ठाउँको तुलनामा धेरै समाचार उत्पादन हुन्छ भन्दा फरक नपर्ला । इटहरीलाई केन्द्र बनाएर पत्रकारिता गर्नेको सङ्ख्या पनि बढिरहेको छ । सञ्चारको विकासले पनि प्रदेशको राजधानी राख्न उत्पेरति गर्छ ।

केन्द्रीय नेताको अभाव इटहरी पूर्वको शक्तिशाली शहरको रुपमा विकास भइरहे पनि इटहरीमा पहँुच भएका केन्द्रीय नेता भने कम छन् । राजनीतिक रुपमा माथिल्लो तहसम्म नेता पुग्न नसकेको इटहरीलाई प्रादेशिक राजधानी बनाउन केही समस्या भने छँदैछ । अहिलेसम्म इटहरीको इतिहासमा पहिलोपल्ट राप्रपा नेपालबाट इटहरीका पुराना वासिन्दा रामकुमार सुब्बा बाहेक अरु कोही मन्त्री भएका छैनन् । आज हिजोको इटहरी रहेन । राजनीतिक दलहरुको पहुँचको अभावको कारण इटहरीलाई राजधानी बनाउन केही जटिलता भने थपिँदो छ । चार जना सांसद मात्र रहेको इटहरीमा राजधानीको पहल गर्नुको विकल्प छैन । इटहरीलाई राजधानी बनाउन जनस्तर र नेतृत्व तहबाट दबाव दिनुको विकल्प नभएको कारण यस विषयमा राजनीतिक दलहरुले महत्वपूर्ण भूमिका खेल्नु आवश्यक छ ।

यस कारण हुँदैन धनकुटा राजधानीका लागि दाबी गर्दैआएको धनकुटाको सदरमुकाम धनकुटा राजधानीको लागि इटहरीभन्दा उपयुक्त ठाउँ हैन । धनकुटा १४ अञ्चल हुँदा पूर्वाञ्चलकै सदरमुकाम भएपनि त्यहाँ पुग्ने अधिकाङ्श सर्वसाधारणले सास्ती बेहोर्नु परेको यथार्थ हो । धनकुटा वातावरण र सुन्दरताका दृष्टिकोणले उत्कृष्ट भएपनि सडक सञ्जाल लगायतका कारण भने इटहरीभन्दा उपयुक्त हैन । धनकुटामा ब्याप्त खानेपानीको अभावसँगै त्यहाँ पुग्ने यातायातका साधनहरु प्रशस्त नहुनु लगायतका कारण प्रदेश १ का जनतालाई धनकुटा राजधानी उपयुक्त हैन । र धनकुटाले पहिलाको सदरमुकाम भन्दै जनताको हित विपरीत प्रदेशको राजधानी बनाउनु उपयुक्त देखिँदैन । पहाडी जिल्लाहरुलाई समेत धनकुटा आउन सास्ती हुने भएको कारण धनकुटाले प्रदेशको राजधानी दाबी गर्नुहुन्न । ठूलठूला सरकारी कार्यालय रहेको धनकुटाले किन उल्लेखनीय विकास गर्ने सकेन ? त्यस कुरालाई पनि मध्यनजर गदै प्रदेशको राजधानी इटहरीलाई समर्थन गर्नुको विकल्प छैन ।

(याे लेखककाे निजी बिचार हाे )