धरान / होलीको दिन आफ्नै श्रीमतीको हत्या गरि फरार भएका धरान-१९ का रेखराज राईले काठमाण्डौमा पुगी प्रहरीको सम्पर्कमा आएका छन् ।
इलाका प्रहरी कार्यालय धरानले पूर्वमा खोजी गरिरहेको राईले काठमाण्डौको महानगरिय प्रहरी बृत्त गौशालामा मङगलबार दिउसो आत्मासर्मपण गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडा हाल काठमाण्डाैमै भएका कारणा अभियुक्तलाई धरान लिएर अाउदै गरेकाे बुझिएकाे छ । प्रहरीका अनुसार 'श्रीमतीलाई मारेर आएको छु मलाई कारवाही गर्नुहोस' भन्दै पुगेका थिए ।
रेखराजले भने–‘‘म रेखराज राई। घर ओखलढुङ्गा। हाल सुनसरीको धरान १९ किराँत चोकमा बस्दै आएको छु। होलीको दिन मैलै श्रीमतीको हत्या गरेको हुँ। मलाई पक्राउ गर्नुस् । म सजायँ भोग्न तयार छु ।‘ शुरुमा ड्युटिमा रहेका प्रहरी जवानले पागल रहेछ भनेर वास्ता गरेनन । तर पटक पटक ‘ सजाय भोग्न तयार छु, श्रीमतिको हत्या गरेर आएको हु कारवाही गरियोस भने पछि वृत्तका डिएसपी नवराज कार्कीलाई रिपोटिङ गरेका थिए ।
निकै बेरसम्म ती युवाले भने पछि इलाका प्रहरी कार्यालय धरानमा सम्पर्क गरि सोधपुछ गरिएको थियो । यताबाट घट्नाबारे जानकारी गराइए पछि उनलाई नियन्त्रणमा लिने काम भएको इप्रका धरानका डिएसपी खतिवडाले जानकारी दिए । फरार रहेका राईलाई पक्राउ गर्न असई कुमार तामाङको नेतृतवमा प्रहरीले टोली खटाएको थियो । पूर्वका सबै स्थानमा खोजी गर्दा पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
हत्याको कारण यसरी खोले
विदेशबाट कमाएर पठाएको २२ लाख रुपैयाँ श्रीमतीले मोजमस्तीमा उडाएको र परपुरुषसँग सम्बन्ध राखेकाले हत्या गरेको राईले प्रहरीलाईबयान दिएका छन् । उनी केही महिना अगाडी खाडी मुलुकबाट वैदेशिक रोजगारीबाट फर्किएका थिए । ओखलढुङ्गा घर भए पनि उनले विदेश जानु अगाडि श्रीमतीलाई धरानमा कोठा लिएर छोडेर गएका थिए । विदेशमा कमाएको पैसा उनले श्रीमतीको नाममा पठाउने गरेका थिए । पैसा सबै खर्च गरेको र उल्टै ११ लाख ऋण देखाए पछि विरक्तिएर ढोकाको आग्लोले हानेर मारेको बताएका छन् ।
उनी केही दिन ओखलढुङगा गएको र त्याहा पनि प्हरीले निगरानी गरे पछि काठमाण्डौ गएका थिए । १४ बर्ष अघि प्रेम बिबाह गरेका उनीहरु बिच होलीका दिन टिभी हेरी रहेको अबस्थामा पछाडीबाट आग्लोले हाने हत्या गरेका थिए । हत्या गरेर फरार रेखराजलाई कर्तब्य जान सम्बन्धि मुद्धा दर्ता भएको इप्रका धरानले जनाएको छ ।