धरान / ब्रिटिश गोर्खा स्मृति पार्कको अधिवेशनले क्याप्टेन हरिबहादुर लिम्बूको अध्यक्षतामा ११ जनाको नयाँ कार्यसमिति गठन गरेको छ । ब्रिटिश गोर्खा सैनिकका विभिन्न रेजिमेन्ट एशोसिएयसनका व्यक्ति, भूपू महिला कमिटी र सिङ्गापुर पुलिस फोर्सका प्रतिनिधि समावेश गरी समावेशी कार्यसमिति बनाइएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष चन्द्रमाया लिम्बू, महासचिव क्याप्टेन विष्णुकुमार लिम्बू, सचिव भूमिनन्द लिम्बू, कोषाध्यक्ष उमेशचन्द्र लिम्बू छन् । यस्तै सदस्यमा निरकुमार राई, जयबहादुर तामाङ, विजयकुमार राई, दत्तकुमार लिम्बू, डम्बर राई, प्रमिला राई छन् । ब्रिटिश गोर्खा स्मृति पार्कलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पहल गर्दै लैजाने अध्यक्ष हरिबहादुरले बताएका छन् । अधिवेशनलाई सफल बनाउन निर्वाचन समितिका संयोजक गजेन्द्र इस्वो, सदस्य रमेश राई र सुमित्रा राईले विशेष भूमिका निर्वाह गरेका थिए ।