धरान/१९९२ मा स्थापित धरान–१४ को गोपाल मन्दिरको जग्गा हडप्न खोजेको भन्दै जनसरोकार मञ्चले विरोध सुरु गरेपछि धरान–३ स्थित सिंहदेवी क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ ।
[caption id="attachment_37608" align="alignnone" width="900"]
गोपाल मन्दिरको जग्गा हड्प्न खोजेको भन्दै विरोधमा उत्रिएको जनसरोकार मञ्चका पदाधिकारीहरु । तस्बिरहरुः भोजराज श्रेष्ठ[/caption]
ऊँ शिवशक्ति कल्याणी केन्द्र शाखा धरानले गोपाल मन्दिरको नाम अपभ्रंस गरेर बालगोपाल मन्दिर बनाएको र मन्दिरको नाममा भएको ५ कठ्ठा १८ धुर जग्गा हड्प्न खोजेको भन्दै समाजले विरोध जनाउदै आएको थियो । मङ्गलबारदेखि मन्दिर परिषरमै पुगेर विरोध सुरु गरेपछि बुधबारदेखि हुन लागेको नवाह पितृ उद्दार ज्ञान महायज्ञ र बालगोपाल मन्दिरको उद्घाटनमा बाधा पु¥याउन खोजेको निश्कर्षसहित सुरक्षा सर्तकता बढाइएको हो ।
महायज्ञ सुभारम्भको लागि बुधबार बिहान निस्कन लागेको कलश यात्रालाई प्रभावित पार्ने प्रयास गरेको केन्द्रका पदाधिकारीहरुको आरोप छ । मञ्चले भने गोपाल मन्दिरको जग्गा कुनै पनि हालतमा केन्द्रलाई नदिने अडान राखेको छ । र, १९९२ सालमा स्थापित मन्दिरको अस्तित्व नै संकटमा पार्दै भूमाफियाहरुले जग्गा हड्प्न खोजेको संयोजक कृष्णनाराण पलिखेले बताए । २०६८ सालमा तत्कालीन धरान नगरपालिकाले केन्द्रलाई संरक्षणको लागि मात्रै जिम्मा दिएको थियो ।
तर, अहिले वृद्ध आश्रम, बालगोपाल मन्दिरलगायत बनाएको त्यो पनि नगरपालिकासँग घरनक्सा पास नगरी नै बनाएको मञ्चको दाबी छ । र, त्यहाँ रहेका रुख विरुवासमेत काटेको संयोजक पलिखेले बताए । धरान नगर पञ्चायतले २०३० सालमा प्रकाशित देशको माटो, देशको ढुङ्गा शिर्षकको पुस्तकमा गोपाल मन्दिरको अस्तित्व रहेको प्रष्ट उल्लेख छ ।
परमेश्वर दास बाबाले स्थापना गरेको उक्त मन्दिर उनका चेला ठाकुरदासले मटिहानी मठ (हालको जनकपुरमा रहेको गुठी) लाई सुम्पिएको देखिन्छ । र, मठले नै पूजारी पठाउने गरेकोले २०२६ सालमा नगर पञ्चायतले उक्त पुजारीलाई छोडपत्र गराउदै सञ्चालन गरेको प्रकाशित पुस्तकको पेज नम्बर ८९ मा उल्लेख छ ।
र, गोपाल मन्दिर २०५२ सालमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्तासमेत भएको समाजसेवी पिङ्गला न्यौपानेले बताइन् । उनले पनि भूमाफियाहरुले मिलेर जग्गा हड्प्न खोजेको आरोप लगाइन् । उनका अनुसार गोपाल मन्दिर सञ्चालक समितिका अध्यक्ष सूर्यप्रसाद उपाध्यायले पण्डित मधुसुधन घिमिरेलाई पूजारीको रुपमा २०६० चैत्र १२ गते नियुक्त गरेको देखिन्छ ।
हेर्नुहाेस
गोपाल मन्दिरले नेपाल विद्युत प्राधिकरणमा २०६६/०६७ मा विद्युत महसुल बुझाएकाले पनि उक्त संस्था दर्ता रहेको खुल्न आउने संयोजक पलिखेले बताए । तर, संस्था दर्तामा नरहेको भन्दै संरक्षणको अधिकारको नाममा जथाभावी गर्ने कार्यको आफूहरुले विरोध गरेको बताए ।
हेर्नुहाेस
नगरपालिकामा २०६८ असार २७ गतेको दलीय छलफलबाट जग्गाको संरक्षण गर्न अनुमति दिने सम्बन्धमा गरेको छलफलमा शिवशक्ति केन्द्रलाई धरान–१४ पुरानो बालिका स्कुल माथिको जग्गा अन्दाजी ५ कठ्ठा १८ धुर मा तल्लोपट्टीबाट २ कठ्ठा छुट्टयाएर बाँकी जग्गा दिने निर्णण गरको छ ।
हेर्नुहाेस निर्णय
यता केन्द्रका पदाधिकारीहरुले भने बैद्यानिक रुपमा नगरपालिकाले आफूहरुलाई अधिकार दिएको साथै जिल्ला प्रशासनमासमेत दर्ता गरेको दाबी गर्दै आइरहेको छ । गोपाल मन्दिरको नाममा आफूले मन्दिर स्थापना गरेको दाबी यस अघिको पत्रकार सम्मेलनमा दाबी गरेका छन् । यस विषयमा बुझ्नको लागि निर्माण समितिका अध्यक्ष बिक्रम कार्कीलाई मोबाइल नम्बरमा सम्पर्क गर्दा फोन उठाएनन् ।