धरान । मेन्याङ्बो कल्याणकारी संघको महाधिवेशन शनिबार धरानमा सम्पन्न भएको छ । नवनिर्वाचित समितिमा अध्यक्ष सहित ५ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित २४ सदस्यीय कार्य समिति चयन गरेको छ । महाधिवेशनको अवसरमा सवा दुई करोडको लागतमा निर्माण सम्पन्न भएको भवनको उद्घाटन गरेको छ । धरान–१० स्थित समितिको आफ्नै ३३ धुर जग्गामा निर्मित तीन तले भवन र केन्द्रीय कार्यालयको समेत उद्घाटन गरिएको थियो । महाधिवेशनले समितिको अध्यक्षमा धु्रवकुमार मेन्याङ्बोलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षहरुमा इन्द्रकुमार मेन्याङ्बो, हिमलाल मेन्याङ्बो, धर्मध्वज मेन्याङ्बो, गणेशबहादुर मेन्याङ्बो र दीपक मेन्याङ्बो रहेका छन् । समितिको महासचिवमा नवीन मेन्याङ्बो, सचिवमा कल्पना मेन्याङ्बो, कोषाध्यक्षमा राजेन्द्र मेन्याङ्बो, सहकोषाध्यक्षमा टेकबहादुर मेन्याङ्बो रहेका छन् । त्यस्तै गरी सदस्यहरुमा सूर्य मेन्याङ्बो, भूपाल मेन्याङ्बो, अनिल मेन्याङ्बो, विष्णु मेन्याङ्बो, बम मेन्याङ्बो, वीरकुमार मेन्याङ्बो, अमरबहादुर मेन्याङ्बो, कुमार मेन्याङ्बो, डम्बरबहादुर मेन्याङ्बो, बुद्धिराज मेन्याङ्बो, डिल्ली प्रसाद मेन्याङ्बो, मनिता मेन्याङ्बो, रवि मेन्याङ्बो र सोममाया मेन्याङ्बो रहेका छन् ।