धरान / सुनसरीको सीमा प्रहरी चौकी भन्टावारी र बोर्डर आउट पोष्ट हरिपुरको सयुक्त टोलीले बुधबार १ सय २१ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई सुनसरी कोशी गाउँपालीका–३ काटानको कोशीटप्पु बन्यजन्तु आरक्षणको पेरीमीटर छेउमा विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी बराह नगरपालिका – ९ का १८ बर्षिय संजिव मुखीया, श्रीपुर –६ का २० बर्षिय विद्यानन्द मुखिया र भोजपुर हसनपुर–१ का २० बर्षिय घनश्याम खड्का रहेका छन् । उनीहरुलाई शंकालागी चेकजाँच गर्दा निजहरुको साथबाट १०० ग्राम गाँजा फेला परेको थियो । थप अनुसन्धान गर्दा सोही स्थानमा बालुवा मुनि प्लाष्टिकको बोरामा विशेष प्रकारको प्लाष्टिकले वेरी लुकाई छिपाई राखेको ५ बोरा (१२१ किलो) गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्याल सुनसरीका एसपी पोषराज पोखरेलले जानकारी दिए । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्ररही कार्यालय इनरुवामा राखिएको छ । केही दिन अघि बराहक्षेत्र नजिक मध्य राती २ सय केजी गाँजा बरामद महेन्द्रनगर प्रहरीले बरामद गरेको थियो ।