चतरा/जगतगुरु श्री कृष्णदाशजी महाराज बुधबारदेखि नौ दिनका लागि समाधि (जमिनमुनी) मा बसेका छन् । यस अघि पटक पटक भु समाधि गरि सकेका कृष्णदाश जी महाराज यो पटक पनि जमिनमुनी ध्यानमा बसेका छन् ।
अहिले उनी समाधिमा बसेको ठाउ सुनसरीको चतराका भक्तजनहरुको निकै भिड बढ्न थालेको छ । जगतगुरू श्री रामानानचार्य सेवा पिठ चतराको आयोजनामा प्राचीन हरिद्वार चतरा धाममा बुधवार बाट १५ दिने रामनवमि तथा हनुमान जयन्ती महोत्सवमा समेत सुरु भएको छ । कृष्णदशजीको समाधि हेर्न र हमोत्सबमा सहभागी हुने सयै भक्तजनहरु भेला भएका छन् ।
प्राचीन हरिद्वार चतरा धामलाई धार्मिक पर्यटकीय क्षेत्र र आयुर्वेद शिक्षालय बनाउने उदेश्यले शुरू गरिएको महोत्सवमा पहिलो दिनबाट नै तिर्थयात्रिहरूको भारि मात्रमा उपस्थित हुन थालिसकेको पिठले बताएको हो।
रामनवमि तथा हनुमान जयन्तीको अवसरमा भईरहेको महोत्सवमा पिठका संरक्षकसमेत रहेका जगतगुरू श्री १००८ वैष्णव कृष्णदाशजी महाराज महोत्सवको पहिलो दिन नै ९ दिनको लागि भुसमाधिमा बसिसकेको पिठका अध्यक्ष गणेश सुब्बा विरहिले जानकारी दिए ।
विरहीका अनुसार भु सामधि भएको आसपासमा अहिले नियमित पुजा र रामायण पाठ भइरहेको छ । समाधिको बिषयलाई लिएर यस अघि फैलिएको अफाबहलाई चिर्न यो पटक समाधि आसपासमा सिसी क्यामेरा समेत जडान गरिएको उनले बताए । भारतको दिल्लि, महाराष्ट्र, उत्तराखण्ड राजस्थान, बेलायत, अमेरिका र क्यानडाबाट समेत १५ दिने महोत्सवमा साधकहरूको उपस्थिति रहेको छ ।