इटहरी/ वैशाख ३१ गते सरकारले स्थानीय निकायको निर्वाचनको तयारी गरेको छ । निर्वाचलाई लक्षित गरी इटहरी प्रहरीलेनै शान्ति सुरक्षाका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली सति उद्यागी व्यापारी, राजनीतिक दल र विभिन्न संघ संस्थाका प्रतिनिधीको सहभागितामा भएको कार्यक्रममा नगरको शान्ति सुरक्षा मदबुद बनाउन माग गरे ।
इलाका प्रहरी कार्यालय इटहरीले आयोजना गरेको सो कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले अहिलेको अवस्थालाई कायम राख्द थप सुरक्षा प्रदान गर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले सार्वजनिक स्थानमा सुरक्षाका समस्याहरु कायमै रहेको भन्दै मजबुद बनाउन माग गरेका थिए ।
यस्तै उद्योगी व्यपारीहरुले सुरक्षित वातावरणमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरोकारवालाहरुसँग आग्रह गरेका थिए ।
विद्युतीय रिक्सा व्यवस्थापनदेखि अपराधिक क्रियकपाल नियन्त्रण गर्न प्रशासनले उचित पहल गर्नु पर्ने सहभागीहरुको सुझाव थियो ।
बिहीबार इटहरीस्थित उद्योग बाणिज्य संघ इटहरीको भवनमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी नरेसराज सुवेदीले इटहरीको शान्ति शुरक्षामा प्रहरी २४ सै घण्टा तैनाथ रहेको बताए ।
त्यस्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले सहभागीबाट आएको विषयलाई मध्यनजर गरी शान्ति सुरक्षा कायम गराउने प्रतिवद्धता जनाए ।
डीएसपी सुवेदीले भौतिक पूर्वाधार अभावले काम गर्न कठिन भएको तथा सवैले यो विषयमा चासो राख्दा पनि जमिनको उपलब्धता हुन नसक्दा अझ काम गर्न कठिनाई भएको समस्या राखे ।