धरान/महानगरीय प्रहरीको मातहतमा सञ्चालित रानीबारीस्थित प्रहरी स्कुलमा एक विद्यार्थी मृत भेटिएका छन् । कक्षा ८ को परीक्षा दिएर विदामा बसेका १४ वर्षीय कुन्दन थापाको शव विद्यालयको प्राङगणमा भेटिएको हो ।

विद्यालय प्रशासनले थापाको मृत्युको दोष फेसबुकलाई दिएको छ । ८ कक्षामा पढ्ने कलिलो विद्यार्थीले ७ कक्षाकी एक वालिकाका नाममा नक्कली फेसबुक आइडी बनाएर अश्लील तस्वीरहरु राखेको विद्यालय प्रशासनको दाबी छ ।

तर, मृतकका आफन्तले भने विद्यालय व्यवस्थापनको अनुचित व्यवहारका कारण कुन्दनको ज्यान गएको गुनासो गरेका छन् । नेपाल प्रहरीले यसबारे अनुसन्धान गरी दोषीलाई कारवाही गरिने बताएको छ । घटनाबारे छानविन गर्न एसपीको नेतृत्वमा टोली गठन भएको छ ।

बुधबार विदाका दिन मृत फेला परेका कुन्दनले तीन तला माथिबाट हाम्फालेर आत्महत्या गरेको विद्यालय प्रशासनको भनाइ छ ।

करिब ८ सय विद्यार्थीहरु अध्ययनरत सो विद्यालयमा अधिकांश प्रहरीकै छोराछोरी अध्ययनरत छन् । विद्यालयमा ३२ जना शिक्षक र ४५ जना प्रहरी कर्मचारी कार्यरत छन्