पथरी / मोरङको पथरीशनिश्चरे नपा ५ स्थीत नर्सरीमा चितुवाको आक्रमणबाट चार जना स्थानीय घाइते भएका छन् । बिहिबार बिहान १० बजे नर्सरीमा फेला परेको चितुवाले हेर्न चितुवा हेर्न गएका पथरीशनिश्चरे ५ बस्ने २३ बर्षिय पवन ऋषिदेव र ४५ बर्षिय अनिल धिमाल, अमरदह २ बस्ने ४४ बर्षिय धनलाल ऋषिदेव र पथरीशनिश्चरे नपाका पत्रकार विजय खम्बूलाई घाइते बनाएको हो । पवन र अनिल विहान ११ बजे तिरै घाइते भएका थिए भने धनलाल र खम्बू मध्यान्ह तिर चितुवा भाग्ने क्रममा घाइते भएका थिए । घाइते चारै जनालाई चितुवाले टोकेको भने होइन, उनिहरुलाई भिडमा भाग्ने क्रममा पंन्जा कोतारेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर राजन कार्कीले बताए । चितुवा साँझ सम्म नर्सरीबाट भागेर नजिकैको मकै बारीमा पसेको र मकैबारीलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरी र इलाका बन कार्यालय पथरीका कर्मचारीले घेरेर राखेको र चितवनबाट जनावरलाई विहोस बनाउने औषधि सहित प्राविधिक टोली आएर चितुवालाई पक्रने इस्पेक्टर कार्कीले बताए । चितुवा जंगलबाट रातीनै गाउँ पसेको प्रहरीले बताएका छन् । घटना स्थलबाट बन जंगल लगभग नजिकै रहेको छ ।