नयाँदिल्ली । नेपालले भारतसँग खरिद गर्ने भनेको थप एक सय मेगावाट विद्युत् खरिदको सम्झौता हुन सकेन । विद्युत् खरिदका सम्बन्धमा दुवै मुलुकका विद्युत् प्राधिकरणबीच विहीबार भएको वार्तामा खरिदप्रक्रिया तथा मूल्यका बारेमा कुरा मिल्न नसक्दा सम्झौता हुन सकेन ।

भारतले कटैया-कुसाहा, रक्सौल-परवानीपूर प्रसारण लाइनबाट ५०-५० मेगावाट विद्युत् वेच्न सहमति जनाइसकेको थियो । यही सहमति अनुरुप एक सय मेगावाट विद्युत् खरिदका लागि सम्झौता गर्न प्राधिकरणका प्रबन्धनिर्देशक कुलमान घिसिङको नेतृत्वमा एक टोली नयाँदिल्ली आएको थियो ।

विद्युत खरिदप्रक्रिया तथा मूलयका विषयमा दुबै पक्षबीच सहमति हुन नसकेपछि सम्झौता हुन नसको बुझिएको छ । बैठकमा सहभागी प्राधिकरणका उपप्रबन्ध निर्देशक राजीव शर्माले भने-‘कुन माध्यमबाट विद्युत् खरि गर्ने विषयमा नै कुरा मिल्न नसक्दा तथा मूल्यको टुङ्गोमा पुग्न नसकेपछि सम्झौता भएन ।’

भारतले बढी मूल्यमा नेपाललाई विद्युत् बेच्न खोजेको छ भने नेपाली पक्षले कम मूल्यमा खरिद गर्न चाहेको छ । नेपाली पक्षले व्यापारीसंग खरिद गर्न पाउनुपर्ने भनाइ राखेको थियो भने भारतीय पक्षले राज्य सरकारबाट खरिद गर्नुपर्ने भनाइ  छ ।