संखुवासभा/ संखुवासभाको चिचिला–५ मा शुक्रबार आफ्नै बाबुको खुकुरी प्रहारबाट ४३ बर्षिया मणिराज गुरुङ घाइते भएका छन् ।
गुरुङलाई उनकै बाबु ७१ बर्षिय पर्शुराम गुरुङले घरायसी विवादको कारण झै–झगडा हुँदा धारिलो हतियार खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट बायाँ कानमा चोट लागेका मणिराजको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ भने बाबुलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिएको छ।