धरान/सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई पक्राउ गरेर जन्मकैदको फैसला कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आदेश दिएको छ ।
साथै प्रहरी परिचालन गरी जहाँ भएपनि ७ दिनभित्र पक्राउ गर्न र अदालतमा प्रतिवेदन पेश गर्न प्रहरी महानिरीक्षकको नाममा आदेश जारी गरेको छ ।
सर्वोच्चले २०६६ पुस १९ गते द्वन्द्वकालीन मुद्दामा ढुंगेललाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । यद्यपि सरकारले उनलाई पक्राउ गर्न सकेको थिएन ।
माओवादी पूर्वसांसद समेत रहेका ढुंगेलले अदालतको फैसला खारेज गर्नेदेखि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठको नाममा वारेन्ट जारी गर्ने अभिव्यक्ति दिँदै आएका थिए । त्यसपछि पनि उनीविरुद्ध अवहेलना मुद्दा परेको थियो ।
बाबुराम भट्टराई नेतृत्वको सरकारले आममाफीका लागि सिफारिस गरेपनि सर्वोच्चले गत वर्ष फागुन २३ गते आममाफी सिफारिस कार्यान्वयन गर्न रोक लगाएको थियो । बालकृष्ण ढुंगेललाई ७ दिन भित्र पक्राउ गर्न प्रधानमन्त्रीलाई आदेश
धरान/सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई पक्राउ गरेर जन्मकैदको फैसला कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आदेश दिएको छ ।
साथै प्रहरी परिचालन गरी जहाँ भएपनि ७ दिनभित्र पक्राउ गर्न र अदालतमा प्रतिवेदन पेश गर्न प्रहरी महानिरीक्षकको नाममा आदेश जारी गरेको छ ।
सर्वोच्चले २०६६ पुस १९ गते द्वन्द्वकालीन मुद्दामा ढुंगेललाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । यद्यपि सरकारले उनलाई पक्राउ गर्न सकेको थिएन ।
माओवादी पूर्वसांसद समेत रहेका ढुंगेलले अदालतको फैसला खारेज गर्नेदेखि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठको नाममा वारेन्ट जारी गर्ने अभिव्यक्ति दिँदै आएका थिए । त्यसपछि पनि उनीविरुद्ध अवहेलना मुद्दा परेको थियो ।
बाबुराम भट्टराई नेतृत्वको सरकारले आममाफीका लागि सिफारिस गरेपनि सर्वोच्चले गत वर्ष फागुन २३ गते आममाफी सिफारिस कार्यान्वयन गर्न रोक लगाएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























