बहिनीलाई छुरा हान्ने पक्राउ
विराटनगर / विराटनगर– ४ स्थित पोखरीयामा आफ्नै बहिनीलाई छुरा हानेर बहिनीलाई घाइते बनाउने दाजु पक्राउ परेका छन् ।
दाजुले छुरा हान्दा आइतबार बहिनी १६ बर्षिया पुजन राजवंशी घाइते भएकी थिइन । २३ बर्षिय आशाराम राजवंशीले घरायसी विवादका कारण आफ्नै बहिनीलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट ढाडमा चोट लागेकी पुजनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आशारामलाई जिल्ला प्रहरी कर्यालय मोरङले नियन्त्रणमा लिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























