काठमाडौं/नेपाली चलचित्र नेप्टे’को घोषणा गरिएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै देव कुमार श्रेष्ठको निर्देशन रहने चलचित्रको घोषणा गरिएको हो ।

कलाकार रोहित रुम्बाले ‘नेप्टे’ निर्माण गर्न लागेका हुन् । फिल्ममा दयाहाङ् राई र छुल्ठिम गुरुङ्को प्रमूख अभिनय रहनेछ भने रोहितको पनि महत्वपूर्ण भूमिका रहनेछ ।

नेप्टे’मा सामाजिक कथा वस्तुलाई रोचक ढंगले उठाइने बताईएको छ । नोभेम्वर रेनुकी डल्ली तथा ‘डायरी’ की निर्मात्री छुल्ठिमले दयाहाङसँग काम गर्ने रहर पुरा भएको बताईन् ।

नेप्टेुको छायांकन जेठको पहिलो हप्तादेखी शुरु हुनेछ । दया, छुल्ठिम र रोहितसँगै बुद्धि तामाङ, अरुणा कार्की, ए गुरुङ लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गर्नेछन् । किरण माइकलको पटकथा एंव संवाद रहेको चलचित्रमा रोहित आँफैले कथा लेखेका छन् । हरी घले लामाको छायांकन, बाबु बोगटी, सन्तोष राज, ओम सुनार र रोहितको संगीत रहनेछ ।