काठमाडौं/ कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । यही वैशाख १० गतेदेखि सुरु हुने परीक्षा तयारी पूरा भएका परीक्षा नियन्त्रण कार्यालय अन्तर्गतको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।
बोर्डको अनुसार माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ को परीक्षा आगामी २२ गतेसम्म सञ्चालन हुनेछ । यसपटकको कक्षा १२ को परीक्षामा ३ लाख ५३ हजार १२ जना विद्यार्थीले सहभागीता जनाउनेछन् । परीक्षामा मुलुकभरका ३ हजार ७ सय ६५ विद्यालयका विद्यार्थी सहभागी हुनेछन् ।
जसमध्ये सामुदायीक विद्यालयबाट २ हजार ७ सय ४९, संस्थागतबाट ७ सय ४८, क्याम्पसबाट १ सय २३ र प्लस टूबाट १ सय ५५ विद्यालयका परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।
परीक्षामा १ लाख ७६ हजार ६ सय १२ छात्र र १ लाख ७६ हजार ४ सय छात्रा सहभागी हुने बोर्डले जनाएको छ । परीक्षामा सबैभन्दा बढी विद्यार्थी काठमाडौं र सबैभन्दा कम मनाङ जिल्लाबाट सहभागी हुनेछन् । बोर्डका अनुसार काठमाडौंबाट ५६ हजार ५ सय ७४ र मनाङबाट १ सय ३ जनाले परीक्षामा सहभागीता जनाउनेछन् ।
बोर्डका अनुसार परीक्षालाई शान्तिपूर्ण र स्वतन्त्र बनाउन प्रयाप्त जनशक्तिको व्यवथापन भइसकेको छ । परीक्षा संचालनका लागि ९ सय ९० केन्द्राध्यक्ष, १ हजार ६ सय ३९ सहायक केन्द्राध्यक्ष, १७ हजार ६ सय ५० निरीक्षक परीचालित हुनेछन् । त्यस्तै, १ हजार ५ सय ७१ कर्मचारी परीक्षा केन्द्रमा खटिनेछन्, २ हजार १ सय ७० कार्यालय सहयोगी र ११ हजार ८ सय ८० सुरक्षाकर्मी पनि परीक्षामा परिचालिन हुनेछन् ।
परीक्षामा अमर्यादित काम कारवाही गर्ने परीक्षार्थी तथा यसमा संलग्न व्यक्तिमाथि कडा कारवाही गरिने बोर्डले जनाएको छ । परीक्षामा अमर्यादिन व्यवहार गरे ६ महिना कैद सजाय र १ लाख रुपैयाँसम्म जरीवाना गरिने कम श्रवणशक्ति भएका, दृष्टिबिहीन तथा सुस्त मनस्थिति तथा अन्य अपांगता भएका विद्यार्थीलाई परीक्षा दिने विशेष व्यवस्थ गरिएको छ ।
कारागार तथा बालसुधार गृहमा रहेका विद्यार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ । त्यस्तै, परीक्षामा अमर्यादित काम कारवाही गर्ने परीक्षार्थी तथा यसमा संलग्न व्यक्तिमाथि कडा कारवाही गरिने बोर्डले जनाएको छ । परीक्षामा अमर्यादिन व्यवहार गरे ६ महिना कैद सजाय र १ लाख रुपैयाँसम्म जरीवाना गरिने बोर्डको भनाई छ । परीक्षाको मर्यादाविपरित ‘मास चिटिङ’ भएको पाइए त्यस्तो परीक्षा केन्द्र खारेज समेत गरिने बोर्डको भनाई छ । यसपटक विभिन्न ९८ विषयमा परीक्षा दिने व्यवस्था गरिएको छ ।