सरसफाइको अर्थ अनुहारलाई चमकदार बनाउनु मात्र हैन । शरीरका सबै अंगको सफाईमा उचित ध्यान दिनु जरुरी हुन्छ । यसका लागि नुहाउने बेला केही काम गर्नुपर्छ, जसले तपाईको शरीरलाई सधैं सफासुग्घर राख्छ ।
शावर सीक्रेट
नुहाउन हाम्रो दैनिक जीवनको अभिन्न काम हो । तर के तपाईलाई थाहा छ कि नुहाउने बेला केही उपाय अपनाउन सकियो भने यो पक्रियालाई धेरै लाभदायक, रोचक र सजिलो बनाउन सकिन्छ ।
माउन्ट सिनाई मेडिकल सेन्टरको डिपार्टमेन्ट अफ डर्मेटोलोजीमा कस्मेटिक एण्ड क्लिनिकल रिसर्चका निर्देशक जोशू जिशनर नुहाउने बेला यी उपाहरु अपनाउन सल्लाह दिन्छन् ।
ड्राई ब्रसिङ
नुहाउने समय ड्राई ब्रसिङ गर्न केवल १२० सेकेन्ड लाग्छ, तर यो धेरै ठूलो कामको चीज हो । ड्राई ब्रसिङले परिसंचरण तथा नशाहरुमा तरल पदार्थको प्रवाह सुधार हुन्छ । यसले कोशिकाको आसपास भएकाे विषाक्त पदार्थ बाहिर आउँछ । र, मृत रहेकाे त्वचा पनि हट्छ । यसले त्वचामा छुट्टै चमक आउँछ । यसका लागि कोमल ब्रसलाई सर्कुलर मोशनमा प्रयोग गर्नु होला ।
हेयर हाइड्रेसन
नुहाउने समयमा आफ्नो कपाललाई राम्रो बनाउनका लागि नियमित प्रयोग गरिरहेको कन्डिशनरको सट्टा डीप कन्डिशनरको उपयोग गर्नुहोस् । शावरको गर्मी तथा भेगले डीप कन्डिशनर सबै कलाल तथा तीनको जडाहरुमा राम्रो ढंगसँग काम गर्छ । नुहाउने समयमा तपाई आयलबेस्ड क्रिम या ओलिभ आयलको प्रयोग पनि गर्नुसक्नु हुन्छ ।