रङगेली / मोरङको आठ वटा गाउँपालिका मध्धे सबैभन्दा बढी वडा भएको केराबारी गाउँपालिकामा आइतबारसम्म ६ वटा वडामा मत परिमाण सार्वजानिक भएको छ । क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारी अनुसार तीन वटा वडामा कांग्रेस, दुई वटा वडामा एमाले र एक वटा वडामा माओवादी केन्द्रले खाता खोलेको छ ।

केराबारी गाउँपालिको संयोग कस्ता छ भने सार्वजानिक भएको वडामा नेपाली कांग्रेसले सिंगल वडाको अध्यक्षमा प्यानलै विजयी भएको छ भने एमाले जोर वडामा प्यानलै विजयी भएको छ । त्यस्तै केराबारीमा खाता खोलेको माओवादी केन्द्रले भने वडा अध्यक्षमा मात्र विजयी हासिल गरेको छ । अन्य चार सदस्य भने एमालेले जितेको छ ।

केराबारीको निर्वाचन अधिकृत खरुदेव चुडालले दिएको जानकारी अनुसार केराबारीको १, ३ र ५ नम्बर विजोर वडा अध्यक्षसहित प्यानलै विजयी भएको छ । १नम्बर वडाबाट चन्द्र लिम्बु, ३ मा भत्त बहादुर श्रेष्ठ ५ मा राम राई विजयी भएका हुन् । त्यस्तै एमालले जोर अंक २ र ४ नम्बर वडामा विजयी भएको हो । २ नम्बर वडामा प्रेम लिम्बु र ४ नम्बर वडामा इन्द्र बहादुर राई विजयी भएका हुन् ।

त्यस्तै केराबारीको गाउँपालिकाको वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उपेन्द्र लुङगेली मगरले ४ सय १८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि वेदवहादुर भूजेलले ३८२ मत ल्याएका छन् । अन्य सदस्यहरुमा भने एमालेका चार सदस्य विजयी भएका छन् । केराबारी गाउँपालिको ७ र ८ नम्बर वडाको गणना भइरहेको छ ।