धरान/धरान उपमहानगरपालिको मतगणना कार्य अवरुद्ध भएको तिन दिन बिती सक्दापनि अझै सुरु हुन सकेको छैन । मतगणनाको योगफलमा मत गणकले त्रुटि गरेको य फेला परेपछि असार १९ गते ९ बजेबाट मतगणना अवरुद्ध भएको थियो । धरान–९ को मतगणना चलिरहँदा मत गणक मनबहादुर कार्की र धनकुमार राईले माओवादी केन्द्रका पक्षमा आएको ५० मत अन्य दलको मतमा जोडेको भन्दै मतगणना कार्य अवरुद्ध बन्न पुगेको थियो ।
मतगणना सुचारु गर्ने विषयलाई लिएर मङ्गलबार र बुधबार दिनभरि धरानमा पटक पटक बैठक बसे पनि राजनीतिक दलबीच सहमति कायम हुन सकेको छैन ।मतगणना सुचारु गर्ने बिषयमा यो समाचार तयार पार्द सम्म जिल्ला निर्बाचन अधिकृत अर्जुन कोइरालाको उपस्थितीमा उपस्थितीमा सर्बदलिय बैठक बसिरहेको छ । मतगणनामा धाधलि भएको भन्दै माओबादी केन्द्रले मतगणना कार्य रोकिनु् पर्ने बताएपछि मत गणना रोकिएको थियो ।बुधबार मतगणना स्थल धरान सभागृह अगाडि पत्रकार सम्मेलन गरि माओबादी केन्द्रले मतगणनामा बसेका गणक र निर्बाचन अधिकृतहरुको पुर्वाग्रहका कारण समस्या सुरु भएको बताएको छ ।
माओबादीले वडा नम्मर १ देखि ८ सम्मको सम्पुर्ण मतको पुनः निरिक्षण गर्नु पर्ने,वडा नं ९,१० र ११ को पुनः मत गणना गर्नु पर्ने,मतगणको कार्यलाई ब्यबस्थित बनाउनु पर्ने लगायतका माग राखेको छ । नेपाली काङग्रेशले भने भएका कमिकमजोरीलाई सच्याएर मतगणना कार्यलाई अगाडि बडाउनु पर्ने बताएको छ ।
नेपाली काङग्रेसका जिल्ला सचिब तथा निर्वाचन परिचालन समिती सुनसरी क्षेत्र नं १ का मुल संयोजक सुजेन्द्र तामाङले मतगणनाका क्रममा भएका कमजोरी सुधार गर्ने र गल्ति गर्ने कर्मचारीलाई निर्बाचन कानुन अनुसार कारबाही हुनु पर्ने बताए । समस्याहरुलाई समाधान गरेर मतगणना कार्यलाई टुङग्याउन आफुहरु लागि परेको उनले बताए ।
बुधबार दिनभर नेपाली काङग्रेसले सहमतीका लागि माओबादी एमाले लगायतका दलसँग छुट्टा छुटै बैठक गरेको थियो । एमालेले भने समस्या देखिएको भनिएका वडा नं ९,र १० को मतलाई पुर्नयोग गर्न सकिने बताएको छ । पुर्नयोग गरेर समस्या देखिए निर्बाचन कानुन अनुसार कानुनी उपचार खोज्न सकिन्छ,एकै पटक पुर्नगणना गरेर हामी गलन नजिर बनाउन सक्दैनौ एमाले जिल्ला कमिटीका उपाध्य रमेश बस्नेतले भने ।