विजयपुर/धरानको अबरुद्ध मत गणना बिहिबार बिहान ८ बजे बाट पुनः स्ुरु हुने भएको छ ।बुधबार राती सुनसरीका मुख्य निर्बाचन अधिकृत अर्जुन कोइरालाको उपस्थितीमा भएको सर्बदलिय बैठकमा मतगणना कार्य सुरु भएको हो ।धरानको वाड नम्बर १ देखि ८ सम्मका वार्ड हरुको मत लाइ उमेद्धार वा उमेद्धारका प्रतिनिधीले हेर्ने,वार्ड नम्बर ९ र १०को मतलाई पुर्नयोग गर्ने त्रुटि देखिएमा पनः बैठक बसि समाधान निकाल्ने लगायतका सहमती भएको सुनसरीका मुख्य निर्बाचन अधिकृत अर्जुन कोइरालाले बताए । वडा नम्बर ११को मत गणना सुरु देखि गणना सुरु गर्ने समेत सहमती भएको सुनसरीका मुख्य निर्बाचन अधिकृत अर्जुन कोइरालाले जानकारी दिए ।मत गणनाका क्रममा गल्ती कमजोरी गर्ने कर्मचारीलाई मुख्य निर्बाचन अधिकृतको कार्यालयबाट यथार्थ छानबिन गरि कानुन बमोजीम कडा कारबाही गर्ने सहमती भएको निर्वाचन अधिकृतको कार्यालय धरानले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।मत गणनाका कार्यालाई थप ब्यबस्थित गर्ने पनि सहमती भएको जाईएको छ ।बुधबार राती जारी गरिएको प्रेश बिज्ञप्तिमा नेकपा माओबादी केन्द्र सहितका गठबन्धनका दल र स्वतन्त्र उमेद्धारले बुझाएको बिज्ञप्ति माथि गम्भिर छलफल भई सहमती कायम भएको बिज्ञप्तिमा जनाइएको छ ।