विजयपुर/धरानको मत परिणाम भोली अबेर सम्म आउने आउने भएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानले अहिले धरानका सबै वडाको मतगणनालाई एकसाथ अगाडि बढाएको छ । मत गणनाका लागि बिज्ञ गणकहरु ल्याएर गणनाका कार्यलाई तिब्रता दिइएको निर्वाचन अधिकृत कमलबहादुर थापाले जानकरी दिए ।

धरानको मतगणना कार्यमा ढिलाई भएको भन्दै सर्बत्र गुनासो पढेपछि अन्यत्रबाट बिज्ञ गणकहरु ल्याएर मत गणना सुरु गरिएको थापाले बताए । अहिले धरान ९,१०,११,१५,१६,१७,१८,१९ र २० नम्मर वडाको मत गणना भईरहेको छ ।धरान वडा नं ९ र १० को पुनः मतणना हुने भएपछि धरानको नतिजा आउन ढिलाइ भएको हो । गत सोमबार राती धरान ९ र १० को मतगणना सकिएपछि राजनैतिक दल तथा स्वतन्त्र उमेद्धारले पाएको मतलाई जोड्ने क्रममा कर्मचारीले लार्पबाही गरेपछि माओबादी,काङग्रेस तथा संघिय समाजबादी फोरम नेपाल लगायतका पार्टिहरुले पुनःगणना हुनु पर्ने माग राख्दै निर्वाचन आयोगमा निबेदन दिएका थिए ।

आयोगले शनिबार मात्र पुनः मतगणना गर्ने निर्णय गरेपछि शनिबार साँझबाट नै गणना थालिएको थियो । ९ र १० नम्मर वडाको बिबादका कारण धरानको मत गणना दुई दिन रोकिएको थियो । मत गणना दुई दिन नरोकिएको भए आज सम्ममा सबै नतिजा आई सक्ने थियो जिल्लाका प्रम्ख निर्वाचन अधिकृत अर्जुन कोइरालाले बताए । धरानमा मग गणनाका लागि खटाइएका केही कर्मचारीहरुलाई आयोगमा कारबाहीका लागि समेत सिफारीस गरिएको छ ।

‘धरानमा झण्डै ३८ हजार मत गनियो’ विजयपुर÷निर्वाचन कार्यालयको प्रारम्भिक जानकारी अनुसार धरानमा करिब ३८ हजार मत गनि सकिएको छ । धरानमा ५३ हजार ८ सय ८२ मत खसेको थियो । पहिला थोरै मतदाता भएको वडाहरुको मत गणना गरिएको भएता पनि अहिले सबै वडाको मत गणना कार्य भइरहेको छ । धेरै मतदाता भएको वाडहरु ११,१५,१६,१७ को पनि मत गणना भइरहेको छ ।

धरानको वडा नं १,२,५ र १४ नम्मर वडा नेपाली काङग्रेसले प्यानल नै जितेको छ भने वडा नं ३,४,६,७,८,१२ र १३ नम्मर वडा नेकपा एमालेले प्यानल नै जितेको छ । माओबादी केन्द्रले भने अहिले सम्म एक वडापनि जित हासिल गर्न सकेको छैन । धरान वडा नं १७ मा माओबादी केन्द्रका वडाध्यका उमेद्धारले एमालेका उमेद्धारलाई झिनो मतले अग्रता लिएका छन् । धरान १७ को अन्तिम नतिजा आउन अझै एक दिन लाग्ने भएकाले यसै भन्न सकिने अबस्था रहेको छैन । माओबादीले जित्ने दाबी गरेको धरान ११ नं वडामा पनि एमालेले अग्रता लिएको छ । मेयर र उपमेयरमा भेन एमालेल फराकिलो अग्रता कायम गरेको छ ।

नेपाली काङग्रेसका मेयरका उमेद्धारले १० हजार ६ सय ३४ मत प्राप्त गरेका छन् भने उपमेयरकी उमेद्धारले १० हजार १ सय ४८ मत प्राप्त गरेकि छन् । एमालेका मेयरका उमेद्धारले १३ हजार ४ सय ५० मत प्राप्त गरेका छन् भने उममेयरकी उमेद्धारले १३ हजार ६ सय ८० मत प्राप्त गरेकी छन् । ९ ओटा दलको तालमेलबाट मेयरको उमेद्धार बनेको माओबदाी केन्द्रका मेयरका उमेद्धार अहिले तेश्रो स्थानमा रहेका छन् । उनले ६ हजार २ सय ३६ मत प्राप्त गरेका छन् भने उममेयरका उमेद्धार संघिय समाजबादी फोरम नेपालका उमेद्धारले २ हजार ६ सय ५० मत प्राप्त गरेका छन् ।