विजयपुर/धरानका नव निर्वाचित मेयर तारा सुब्बाले धरानको बिकास र संबृद्धिका लागि साबैको साथ र सहयोग लिएर अगाडि बढ्ने बताएका छन् ।मङगलबार नेकपा एमालेले आयोजना गरेको बिजयी उत्सब पछि आयोजीत सभामा बोल्दै नवनिर्वाचित मेयर सुब्बाले आफुले घोषणा पत्रमा उल्लेख गरेका सबै योजनाहरुलाई पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले पहिलो चरणमा धरानको खानेपानी योजनालाई पुरा गरेर धरानबासिलाई पानी खुवाउने ,धरानको बसपार्क निर्माणको कार्यालाई तिब्रता दिने र सुकुम्बासी हरुलाई ब्यबस्थित गर्ने योजनालाई प्राथमिकतामा राखेको बताए ।घोषणा पत्रमा उल्लेख भएका अन्य योजनाहरुलाई क्रमागत रुपमा पुरा गर्दै जाने र धरानलाई पुर्बि नेपालको पर्यटकिय केन्द्रको रुपमा बिकास गर्ने बताए ।

बहुसांस्कृतीक र बहुधार्मिक शहर धरानलाई सांस्कृतीक शहरको रुपमा बिकास गर्न कार्यक्रमहरु ल्याउने समेत उनले प्रतिबद्धता जनाए । धरान उपमहानगरपालीकाबाट जनताले प्राप्त गर्ने सेवालाई चुस्त बनाउने समेत उनले प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै नबनिर्वाचित उपमेयर मञ्जु भण्डारी सुबेदीले धरानलाई लैङगिक समानताको उदाहरणीय शहरको रुपमा बिकास गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सचिब तथा प्रदेश नं १ का संयोजक भिम आचार्यले धरानको भाग्य र भबिष्य निर्माण गर्ने स्थानिय सरकार एमालेले पाएको भन्दै धराने जनतालाई बधाई दिएका थिए ।धरानलाई प्रदेश नम्मर १ को नमुना शहरको रुप्मा स्थापित गर्नु पर्ने भन्दै उनले त्यसका लागि आफु सधै सहयोग गर्न तयार रहेको बताए ।

सभामा स्वागत मन्तब्य राख्दै एमाले सुनसरीका सचिवालय सदस्य तथा धरान इन्चार्ज प्रदिप भण्डारीले एमाले जनताको मतलाई सदुपयोग गर्ने बताए ।जनताको बहुमत प्राप्त स्थानिय सरकारले धरानबासिको हितमा काम गर्ने बताउदै उनले एमाले फेरीपनि जनताको साथमै रहेर बिकास र संबृद्धिका लागि काम गर्ने बताए । एमाले जिल्ला सचिवालय सदस्य तथा १ नम्बर क्षेत्रीय इन्चार्ज प्रकास राईले धरानबासिले एमालेप्रति गरेको बिश्वासलाइ एमालेले टुट्न नदिने बताए ।

निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहेका उनले निर्वाचनबाट पाएको अभिमतलाई अवसरको रुपमा लिएर एमालेले काम गर्ने बताए ।एमालेले निकालेको बिजय जुलुस धरानको पब्लीक हाई स्कुलको खेल मैदानबाट सुरु भई छाताचौक टेलिकमको भित्री सडक हुदै पुनः छाताचौक,भानुचोक,पुतलीलाईन,शैनिक चौक,चतरालाईन हुदै पुनः पब्लिक उच्चमाबिको खेलमैदानमै आएर टुङगिएको थियो ।