धरान/सरकारले रेलको इन्जिन र डब्बा खरिद गर्न बजेट नदिने भएको छ । महोत्तरीको बिजुलपुरादेखि जनकपुर हुँदै भारतको जयनगरसम्म रेल सेवा पुनः सञ्चालनका लागि रेल विभागले अर्थ मन्त्रालयसँग थप ३ अर्ब रुपैयाँ बजेट मागेको थियो ।

बजेट आइसकेपछि नयाँ कार्यक्रमलाई थप रकम विनियोजन गर्न नमिल्ने भन्दै अर्थले बजेट नदिने भनेको हो । अर्थ मन्त्रालयले बुधबार आयोजना गरेको बजेट कार्यान्वयन छलफलमा बजेट महाशाखा प्रमखु केवलप्रसाद भण्डारीले भने, “बजेट चाहिने विभागले किन जेठ १५ अगावै बजेट मागेन ?” “बजेट कार्यान्वयनमा गएपछि अहिले बजेट चाहियो भनेर माग्न पाइन्छ ?,” उनले भने “अर्थले यो वर्ष रेललाई बजेट दिँदैन ।”

विभागले पहिलो चरणमा यात्रुवाहक र मालवहाक गरी २ वटा इन्जिन र डेढ दर्जन रेलका डब्बा खरिदका लागि ३ अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै रेल पुनः सञ्चालनमा ल्याउन अर्थसँग बजेट मागेको थियो । बाह्खरीबाट