रङगेली/ विभिन्न पाँच सुत्रिय माग राख्दै ६ वटा विद्यार्थी संगठनले पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा अनिश्चतकालिन तालाबन्दी गरेका छन् । उनीहरुले २४ घण्टको अल्टिमेटन दिदै शुक्रबार तालाबान्दी गरेका हुन् ।
उनीहरुले सम्पूर्ण समेष्टर विद्यार्थीहरुको लागि मौका परीक्षाको व्यवस्था हुनुपर्ने, परीक्षा दिइसकेको ४५ दिन भित्र रिजल्र्ट प्रकाशित हुनुपर्ने, उत्तर पुस्तिकामा चेकजाँचमा हुने अनियमितताको अन्त्य गरि निस्पक्ष तरिकाले कपी जाँच हुनुपर्ने, रि चेकिङ्ग र रि टोटलिङमा लगाउने शुल्क घटाउनुपर्ने र पूर्वाञ्चल विश्व विद्यालयको आफ्नो शैक्षिक क्यालेन्डरको व्यवस्था गर्नुपर्ने माग राख्दै तालबन्दी गरेको छन् ।
अनेरास्वीयू क्रान्तिकारी, संघिय विद्यार्थी फोरम, नयाँ शक्ति विद्यार्थी यूनियन, राष्ट्रिय विद्यार्थी मञ्चलगायतका विद्यार्थी संगठनहरुले तालाबन्धी गरेका हुन् ।