तेह्रथुम/जिल्लामा रहेका ६ स्थानीय तहका १५ वढी वस्ती वाढी पहिरोको उच्च जोखीममा परेका छन् । निरन्तरको वर्षा संगै जिल्ला दैवी प्रकोप उद्धार समिति, जिल्ला प्रहरी, नेपाल रेडक्रस सोसाईटी लगायतका संस्थाले जोखिम क्षेत्रको पहिचान गरी साविकका ९ गाविस पहिरोको उच्च जोखीममा रहेको निष्कर्ष निकालेका हुन् ।
जिल्लामा रहेका विभिन्न सस्थाका प्राविधिक सहितको टोलीले स्थलगत अध्ययन गरी यि क्षेत्र पहिरोको उच्च जोखीममा रहेकाले वर्षादको कुनै पनि समयमा पहिरो वग्न सक्ने र जनधनको क्षति हुने बताए । रेडक्रसले जिल्लाभरका गाविसको स्थलगत अध्ययन गरी पहिरोलाई न्युन, मध्यम र उच्च गरी तीन भागमा वर्गिकरण गरेको सभापती भुपतीलाल श्रेष्ठले वताए । वर्षादको समयमा जमिन कमजोर हुने र पहिरोको जोखीम समेत वढ््ने भएकाले जोखीममा रहेका वस्ती सम्म पुगेर सचेतना र पुर्व तयारीका कार्यक्रम समेत संचालन गरीरहेको जिल्ला दैवी प्रकोष उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले वताए । यी क्षेत्रमा वाराम्वार पहिरो गैरहेने, भिरालो जमिन, अव्यवस्थीत सडक निर्माण लगायतका कारणले गर्दा वाढी पहिरोको उच्च जोखीम देखीएको रेडक्रसले जनाएको छ । गत असार १६ गते राती म्याङलुङ नगरपालिका ५ आमदेनमा पहिरोले घर वगाउदा एकै परिवारका ३ जनाको मृत्यु भएको थियो । पहीरोमा परी परिवारका अन्य तीन जना घाईते भएका थिए।
रेडक्रसले जिल्लाका दुई नगरपालिका र चार वटै गाउपालिकामा पुगेर वाढी पहिरोका साथै आगलागी, खडेरी, अनिकाल र भुकम्पका हिसावले समेत उच्च जोखीममा रहेका वस्तीको पहिचान गरेको जनाएको छ । जोखीम पहिचान गर्दा पुर्व तयारीका कार्यक्रम संचालन गर्न र आईपर्न सक्ने विपद व्यवस्थापनका लागि सहज हुने रेडक्रसका मन्त्री शिव ढुंगानाले वताए । जिल्लामा विगतका वर्षमा भएका यस्ता प्राकृतिक विपदलाई आधार मानेर कुन स्थानीय तहकको कुन वस्ती वढी जोखीममा छ ? भनेर पहिचान गरीएको सभापती श्रेष्ठले वताए । स्थलगत अध्ययन पछि पहिचान भएका जोखीमयुक्त ठाउँका वस्ती सहितको नामावली जिल्ला दैविप्रकोप उद्धार समितिमा वुझाइएको रेडक्रसले जनाएको छ । वाढी पहिरोको उच्च जोखीम पहिचान भएका लालिगुराँन नगरपालिकाका फुलेक, सुङनाम, वसन्तपुर, म्याङलुङ्ग नगरपालिकाका आङदीम, आम्वुङ, जिरीखिम्ती, फेदाप गाउँपालिकाका ईसिवु, ओयाक्जुङ र आठराई गाउँपालिकाका खाम्लालुङ्ग, सक्रान्ति क्षेत्रका वस्तीका वासिन्दालाई उच्च सतर्कता अपनाउन समेत भनिएको जिल्ला दैविप्रकोप उद्धार समितिले जनाएको छ । जोखीम वढी भएका वस्तीका वासिन्दालाई चनाखो भएर वस्न र वर्षादको समयमा सतर्क रहन सुचना गरीएको समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खनालले वताए ।