काठमाडौं/राजधानीबाट प्रकाशित हुने साप्ताहिक पत्रिका दृष्ट्रि र यसैको अनलाइन संकरणले आफ्नो व्यक्तिगत र चरित्र र सामाजिक प्रतिष्ठामा गरम्भीर चोट पुर्याएकाले भनि कडा कारबाहीको माग गर्दै नेकपा माओवादी केन्द्रकी नेतृ बीना मगरले प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएकी छन ।
दृष्ट्रि साप्ताहिक र अनलाइनले २०७४ साउन २४ गते ‘प्रचण्डको तेस्रो बुहारी पनि घरेलु हिंसाको शिकार ? शीर्षकमा प्रकाशित समाचार विरुद्ध आवश्यक कारबाहीको माग गर्दै बुधबार नेतृ मगरले काउन्सिलमा उजुरी पेश गरेकी हुन ।
पत्रिका र अनलाइन संकरणले नियोजित तवरले समाचार प्रकाशन गरेकोले पत्रकार आचारसंहिता २०७३ को गम्भीर उल्लघंन भएकाले प्रचलित ऐन र कानुन बमोजिम आवश्यक कारबाही गर्न माग गरिएको छ ।