[caption id="attachment_52772" align="alignleft" width="300"] निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउने भिड[/caption]

विराटनगर/ आउँदो शनिबार जिल्ला समन्वय समिति (जिसस) मोरङको निर्वाचनको लागि बिहीबार आज उम्मेदवारी दर्ता गराएका छन् । ९ पदको लागि हुने निर्वाचनमा १८ जनाले जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन् ।

समन्वय समितिको नेतृत्वको लागि मोरङमा कुनै पनि दल दसँग स्पष्ट बहुमत नभएपछि नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रीले चुनावी गठबन्धन बनाए उम्मेदवारी दर्ता गरेका छन् भने नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । चार दलको गठबन्दनबाट प्रमुखमा नेकपा एमालेको तर्फबाट नरेश प्रसाद पाेख्रेल, उपप्रमुखमा नेकपा माओवादीको तर्फबाट प्रकाश कुमार साहले उम्मेदावरी दर्ता गरेका छन् । यता एक्लै चुनावी मैदानमा होमिएको नेपाली काँग्रेसको तर्फबाट प्रमुखमा सत्यनारयण पण्डित र उपप्रमुखमा सुनिल प्रसाद दाहालले उम्मेदावरी दर्ता गरेका छन् ।

प्रमुखमा पुरुष भए उपप्रमुखमा महिला हुनुपर्ने प्रावधन छ । तर, नेपाली कांग्रेसबाट प्रमुख र उपप्रमुख दुबैमा पुरुष उम्मेदवारले नाम दर्ता गराएपछि निर्वाचन कार्यालयमा अहिले उजुरी परेको जिल्ला निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले बताए । उजूरी माथि छलफल गर्दै निर्वाचन अधिकारीहरुको बैठकले ५ बजेपछि अन्तिम नामवलीसहितको सूचना प्रकाशित गर्ने बताइएको छ । काँग्रेसबाट उप्रमुखमा उम्मेदवारी दर्ता गराएको दाहालेको उम्मेदवारी खारेजी भए गठबन्धनबाट उम्मेदवारी दर्ता गराएको साहको सर्वसम्मत रुपमा चयन हुने देखिएको छ ।

चारपार्टी बिच भएको गठबन्धनबिच अन्तर्घात नभएको अवस्थामा प्यानलै बिजयी हुने निश्चत छ । एमालेको १४, लोकतान्त्रिक फोरमको ३, माओवादी केन्द्रको २ संघीय समाजवादी फोरमको २ गरि चुनावी गठबन्धनसँग २१ भोट रहेको छ भने एक्लै निर्वाचनमा होमिएको काँग्रेसको १३ भोट छ । अन्तिम अवस्थासम्म संघीयसमाजवादी फोरमसँग तालमेलन गर्ने योजनामा रहेको काँग्रेसको आन्तरकि समस्याको कारणले गर्दा हुन नसकेको स्रोतले बताएको छ । गठबन्धनबाट एमालेले प्रमुख र एक सदस्य, माओवादीले उपप्रमुख, संघीय समाजबादी र फोरम लोकतान्त्रीकले ३÷३ सदस्यमा भागबन्ड मिलेपछि तालमेल भएको थियो । समन्वय समितिको निर्वाचनमा प्रमुख र उपप्रमुखले मतदान गर्न पाउनेछन् ।