पर्वत । गाउपालिका उपप्रमुखलाइ कुटपिट गरेकोआरोपमा वडाध्यक्षलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका उपप्रमुख शिव गुरुङलाई कुटपिट गरेको आरोपमा सोही गाउँपालिका ४ का वडाअध्यक्ष तेन्जिङ गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । वडाध्यक्षले मादक पदार्थ सेवन गरी उपप्रमुख शिवको कार्यकक्षमा प्रवेश गरी कुटपिट गरेको भन्ने उजुरी आएको अनुसन्धान भइरहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण खड्काले जानकारी दिए । उपप्रमुख गुरुङले दिएको उजुरीको आधारमा घट्नाको विषयमा अनुसन्धान गरिरहेको सप्रजिअ खड्काले बताए । त्यसैगरि नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले वडाध्यक्ष तेन्जिङका बुबा नोर्बु गुरुङले समेत उपप्रमुखमाथि प्रहरी कार्यालयभित्रै हातपात गरेको आरोप लगाएका छन् । सहायक प्रजिअ खड्काले कुटपिटमा संलग्न भएको भन्दै वडाध्यक्षका बुबा नोर्बुलाई पनि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेक्टर मित्र आचार्यका अनुसार वडाध्यक्ष तेन्जिङले मादक पदार्थ सेवन गरी उपप्रमुखकै कार्यकक्षमा विवाद गरेकाले दुवैजनालाई नियन्त्रणमा लिएको बताए । कुटपिट गरेको आरोप लागेका दुवैजना आरोपीले भने आपूmहरु कामको सिलसिलामा उपप्रमुखको कार्यकक्षमा पुगेको तर, हातपात भने नगरेको भन्दै घट्नाको अस्वीकार गरेका छन् ।