भद्रपुर । भारतीय पक्षले बाध बाधेर डुवानमा परेको नेपालकै होचो स्थानामा सनपाटको खेती गर्न स्थानीय बाध्य भएका छन् । नेपालको सवैभन्दा होचो झापाको दक्षिणी क्षेत्र कचनकवलका किसानको धान खेती हुने जग्गामा डुवानका कारण सनपाटको खेती गर्न बाध्य बनेका हुन् । साविक केचना, पाठामारी, वनियानी गाविस हाल कचनकवलका अधिकांश वडा बाह्ै महिना डुबेका कारण स्थानीयले आफ्नो जग्गामा एक मात्र विकल्पको रुपमा सनपाट खेती गर्दै आएको स्थलगत अनुगमनमा पाइएको छ । भारतले बाध लगाएपछि गाउ डुवानमा पर्ने गरेको स्थानीय अकालु गणेशले सुनाए । वर्षाकाकारण भारतको बाध फुटेर मात्र बाचेको उनले बताए । यो क्षेत्रमा धान खेती नहुने भएकोले १६ वर्षदेखि सनपाटको खेती गर्दै आएको उनले गुनासो पोखे । बल्ल तल्ल सनपाट तयारी पारेपनि नेपालमा मुल्य नपाएका कारण भारतको कादोगाउमा विक्रिको लागि लैजादै आएको उनको भनाइ छ । यो क्षेत्रका स्थानीयले आफ्नो ५। १० कट्ठामा सनपाट लगाउदै आएको बताएका छन् । खेतीको मुख्य व्यापारीक केन्द्र कादो गाउनै रहेकोले घरायसी सवै सामान भारतवाटनै ल्याउने गरेका कारण आफ्नो उत्पादन पनि भारत लैजाने गरेको करन राजवंशीले बताए । भारतको बाध र नेपालको फितलो सडकका कारण यस क्षेत्रका स्थानीय समस्यामा परेको करनको भनाइ छ । आफुले वार्षिक ४ क्विन्टल सनपाट उत्पादन गर्दै आइरहेको अकालुले बताए । भारतमा प्रति किलो ३२ रुपैयमा बिक्री भएपनि नेपालमा यस्को भाउ नभएको सनपाट किसानको भनाइ छ । नेपालको बजार टाढा रहेको साथै उचित मूल्य पनि नपाइने भएकोले भारतमा नै कारोवार गर्न सजिलो भएको सनपाट खेतीवालाको भनाइ छ । पोखरीवाट धुएर तयार पारेको सनपाट विक्रीका लागि लगिने र सन्ठी दाउराको रुपमा प्रयोग गर्न सकिने उनिहरुको भनाइ छ ।