बराहक्षेत्रमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते
धरान/सुनसरीको बराह नगरपालिका १ मा शुक्रबार राती करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । करेन्ट लागेर ४२ वर्षीया रुपा राईको उपचारको क्रममा बीपी प्रतिष्ठानमा मृत्यु भएको हो ।
राईको टीनले छाएको एक तले घर माथिको विजुलीको नाङ्गो तार चुडिएर खसेपछि करेन्ट लागेको थियो । राईको २३ वर्षीय छोरा आकाश राई छोरी २१ वर्षीया रचना राई घाइते भएको चतरा प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































