भद्रपुर । भारतवाट अवैध रुपमा औषधी नेपाल ल्याउदै गरेको अवस्थामा करिब ४० हजार मुल्य वरावरको विभिन्न प्रकारका औषधीसहित एक कारोवारीलाइ प्रहरीले पक्राउ गरेको छ । भारतीय बजारवाट खरिद गरि नेपाल भित्रयाउदै गर्दा झापाको काकडभिट्टा चेकपोष्टमा खटिएको प्रहरी टोलीले चेकजाचको क्रममा शिवसत्ताक्षी नगरपालिका १ का ५३ वर्षिय भानु भक्त ढुङ्गनालाइ इलाका प्रहरी कार्यालय काकडभिट्टाले पक्राउ गरेको जनाएको छ । शुक्रवार साँझ चेक जाँचको क्रममा कालो झोलामा राखिएको विभिन्न १९ प्रकारका औषधी फेला परेको इलाका प्रहरी कार्यालय काकडभिट्टाका डिएसपी टंक भट्टराइले जानकारी दिए । पक्राउ परेका व्यत्तिलाइ आवश्यक कार्वाहीका लागि औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगर पठाइएको डिएसपी भट्टराइको भनाइ छ । पक्राउ परेका ढुङ्गनाले भने ‘चेकपोष्टमा शसस्त्र प्रहरीले पक्राउ गरेपछि दुइसय तिन सय हुदै तिन हजारमा कुरोमिलेपछि यो व्याग हामी ल्याइदिन्छौ, तपाइ वसपार्कमा गएर वस्नु भन्यौ ।’ ‘यो सवै घट्ना जनपथ प्रहरीले देखिराखेको थियो ।’ ‘जव शसस्त्रले झोला ल्याउने वित्तिकै जनपथले पैसा माग्यो म सग पन्ध्रसय मात्र थियो पैसा नपुगेपछि मलाइ पक्राउ गरेको ढुङ्गनाले बताए । उनले बोलेको रेकर्ड सुरक्षीत रहेको छ । आफुले दुइ वर्ष देखि दमक फर्मेसी, रिता फर्मेसी लगायतका औषधी पसलमा सामान दिदै आएको बताए । कहिले आफ्नो लगानी त कहिले फार्मेसीले लगानी गर्दै आएको उनको भनाइ छ । यो कारोवार गरेवापत ७ प्रतिशत रकम पाउने गरेको उनले बताए । पक्राउ परेका व्यत्तिलाइ सोमवार झापा जिल्ला अदालतमा सात दिनको म्याद थपगरि अनुसन्धान अघि वढाइएको औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका फार्मेसी अधिकृत विजय कार्कीले बताए । विना दर्ताका विभिन्न १९ प्रकारका औषधी रहेको समेत उनले जनाए ।