झापा । झापाको मेचीनगरबाट दुई युवक लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्ने इलाम नगरपालिका १ गोदाक बस्ने २२ बर्षिय पासाङ लामा र सोही ठाँउ बस्ने २२ बर्षिय सुरज खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भारतबाट रिक्सामा चढेर नेपाल तर्फ आइरहेको बेला काकडभिट्टा नाकाबाट उनीहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका दुवै युवकको शरिरमा खोजतलास गर्दा ६ ग्राम ब्राउन सुगर बरामद भएको थियो । यता पक्राउ परेका दुवै जनालाई आवश्यक कार्यालयका लागि इलाका प्रहरी कार्यालय काकडभिटटामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापाको मेचीनगरबाट दुई युवक ब्राउन सुगरसहित पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































