भद्रपुर । पछिल्लो समय झापाको पुर्वी नाका काकडभिट्टावाट अवैध रुपमा नेपालमा औषधी भित्रिन थालेको पाइएको छ । नेपालमा खोलिएका औषधी पसलले कसैले लगानी गर्ने त कसैले कम्सिन दिन थालेपछि पछिल्लो समय औषधीका कारोवारीहरु सक्रिय भएको पाइएको हो । भारतवाट अवैध रुपमा औषधी नेपाल ल्याउदै गरेको अवस्थामा काकडभिट्टा नाकामा कारोवारी धमाधम पक्राउ पर्नथालेपछि यस्को पुष्टि भएको हो । यसैक्रममा प्रहरीले चार जना भारतीय नागरिकलाई औषधीसहित पक्राउ गरेको छ । सोमवार दिउँसो मेचीनगरपालिका ६ वाट चेकजाचको क्रममा करिब २०हजार मुल्य बराबरको विभिन्न प्रकारका औषधीसहित कारोवारीलाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । भारतीय बजारवाट खरिद गरि नेपाल भित्रयाउदै गर्दा चेकपोष्टमा खटिएको प्रहरी टोलीले भारत वंगाल लालगोला स्थित मुसिवादका ४२ वर्षिय अनिचुर रहमान ,सोहि स्थानका २२ वर्षिय लिटोन शेख,वर्ष २६ का दिनारुल हक र २१ वर्षिय सविगुल हकलाइ पक्राउ गरेको काकडभिट्टाका डिएसपी टंक भट्टराइले जानकारी दिए । झोलामा राखिएको विभिन्न १५ प्रकारका ९९ थान औषधी फेला परेको डिएसपी भट्टराइले जानकारी दिए । पक्राउ परेका व्यत्तिलाइ आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ । केहिदिन अघि नेपाल ल्याउदै गरेको अवस्थामा करिब ४० हजार मुल्य बराबरको विभिन्न प्रकारका औषधीसहित शिवसत्ताक्षी नगरपालिका १ का ५३ वर्षिय भानु भक्त ढुङ्गनालाइ इलाका प्रहरी कार्यालय काकडभिट्टाले पक्राउ गरेको थियो । पक्राउ परेका ढुङ्गनालाइ सोमवार झापा जिल्ला अदालतमा सात दिनको म्याद थपगरि अनुसन्धान अघि वढाइएको औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका फार्मेसी अधिकृत विजय कार्कीले बताए ।