पथरी/ पूर्वपश्चिम राजमार्गको पथरीशनिश्चरे –१० स्थीत भूटानी शनार्थी शिविर खडक–खण्डमा शनिबार विहान रात्री बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

पथरीशनिश्चरे –१० घर भएको १५ बर्षिय सुमन सहनीको पैदलबाट बाटो क्रस गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ५ ख ४९६ रात्री बसले ठक्कर दिदा उनको मृत्यु भएको हो ।

सहनीको उपचारको लागी बिराटनगर लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । सहनीलाई बिहान ५ः३० बजे बसले ठक्कर दिएको थियो ।

उनलाई उपचारको लागी लैजादै गर्दा उनको ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । रात्री यात्रु बस र चालक इलाका प्रहरी कार्यालय पथरीमा राखेको इस्पेक्टर कार्कीले बताए ।