लिङ्देन र सञ्जुहाङ्ग एउटा चुनावमा जाने अर्को बहिस्कारको बाटो
पथरी/लिम्बुवान आन्दोलनको स्थापना कालमा एउटै संगठनमा रहेका कुमार लिङ्देन र सञ्जुहाङ्ग पालुङ्वा लोकतान्त्रिक परिवर्तन पछि हरेक जस्तो निर्वाचनमा एउटा पक्ष निर्वाचनमा र अर्को पक्ष बहिस्कारमा लाग्दै आएका छन् ।
पहिलो संविधानसभाको निर्वाचनमा कुमार लिङ्देन नेतृत्वको संगठन निर्वाचनमा गएको थियो भने पालुङ्वा पक्षधरले बहिस्कार गरेका थिए । संविधान सभाको दोस्रो निर्वाचनमा सञ्जुहाङ पालुङ्वा नेतृत्वको संगठन निर्वाचनमा गए भने लिङ्देन पक्षले बहिस्कारको घोषणा गरेका थिए । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कुमार लिङ्देन नेतृत्वको संगठन निर्वाचनको तयारीमा लागेका छन भने पालुङ्वा बहिस्कार घोषणा गरिसकेका छन् ।
लिङ्देन नेतृत्वको लिम्बुवानले बहिस्कार गरेको दोस्रो संविधानसभाको निर्वाचनमा सञ्जुहाङ्गसँगै वीर नेम्बाङ्ग नेतृत्वको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा चुनाव चिन्ह घण्टाघर रामभक्त कुरुङ्वाङ्ग नेतृत्वको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा(लोकतान्त्रिक) चुनाव चिन्ह कोट लिएर निर्वाचनमा गएका थिए । त्यसबेला संघीय लिम्बुवान राज्य परिषद झण्डामा सुर्यमुखी फूल चुनाव चिन्ह लिएर चुनावी मैदानमा गएका तिनैवटा पार्टीको समानुपातिक मत जोड्दा सात हजार नघेको थिएन ।
संविधानसभाको पहिलो निर्वाचनमा कुमार लिङ्देनले नेतृत्व गरेको तत्कालीन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतको गठबन्धनले दुई वटा सभासद जितेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































