धरानमा पेस्तोल देखाएर दिउसै लुटपाट
धरान/तीनजना युवाले पेस्तोल देखाएर धरान–१९ को एक घरमा दिउसै लुटपाट गरेका छन् ।
देवीराम राईको घरमा प्रवेश गरी करिव ७ लाख रुपैया बराबरको धनमाल लुटेको पीडित परिवारले जनाएको छ । लुटपाटमा संलग्नहरले देवीरामको ‘सम्पूर्ण विवरण मागपछि लुटपाट गरेको पीडित परिवारका बालमणी राईले बताएका छन् ।
उनले इलाका प्रहरी कार्यालय धरानमा उजुरीसमेत दिइसकेका छन् । लुटेराहरुले आइतबार बिहानको पौने ११ बजे घरभित्र प्रवेश गरी करिव ११ तोला सुन, नगद ६० हजार रुपैया लुटपाट गरेको राईले बताए । बेलायत सेनामा रहेका देवीराम भने हाल बेलायतमा छन् । ती लुटेराहरुले घरमा रहेका एक सदस्यमाथि पेस्तोल प्रहार गरेको पीडित परिवारले जनाएको छ । तर, छलेका कारण भित्तामा लागेको छ ।
यता इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जाहेरीको आधारमा अपराधीहरुको खाजी कार्य जारी रहेको बताए । उनका अनुसार पेस्तोल हानेको भन्ने कुरालाई अध्ययन गर्दा खोका, बुलेट केही पनि नभेटिएको बताए ।
तर, ती अपराधीहरु पशेवर भएको अनुमान गरिएको उनले बताए । ‘छोराको ब्याजी बनेर गफ गर्दै लुटेर हिडेको देखिन्छ ।’ उनले फोनमा भने, ‘हुलियाको आधारमा खोजी गरिरहेका छौं । डिएसपी पौडेलले डाँका मुद्दामा मुद्दा दर्ता गरेको बताएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































