पाँचथर/ जिल्लाको फिदिम नगरपालिका–४, जोरसालको सुखबोध माविमा अध्ययरत नौ जना बौद्धिक अपाङ्गता भएका बिद्यार्थीलाई एक संस्थाले शैक्षिक सामग्री प्रदान गरेको छ ।

जनसेवा समाज पाँचथरको पहलमा गुडविल फाइनान्सको फिदिम शाखाले उनीहरुलाई न्यानो खालको बिद्यालय पोशाक सँगै अन्य शैक्षिक सामग्री प्रदान गरेको हो । मंगलबार बिद्यालयमा आयोजित कार्यक्रममा जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारी र डुडविल फाइनान्स फिदिम शाखा प्रमुख बिक्रम तिवारीले शैक्षिक सामग्री बिद्यार्थीलाई वितरण गरेका थिए ।