धरान/बाणिज्य मन्त्री तथा सुनसरी क्षेत्र नम्बर १ का समानुपातिक उम्मेदवार मीन बिकले मत खसालेका छन् ।
[caption id="attachment_63483" align="alignnone" width="799"]
तस्बिरहरूः भाेजराज श्रेष्ठ[/caption]
धरान–१५ घर भएका मन्त्री बिकले शिक्षा सदन मतदान स्थलमा मत खसालेका हुन् । बिहान करिव ९ बजेतिर सपरिवारले नै मत हालेका छन् । यसैबीच नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार मीना सुब्बाले पनि मत खसालेकी छन् ।
उनले धरान–७ स्थित शिक्षा निकेतन मतदान स्थलमा मत खसालेकी हुन् । उनको घर भने धरान–१५ एभरेष्टलाइनमा पर्छ । तर, मतदातामा भने उनको साविकको धरान–६ मा पर्छ ।
[caption id="attachment_63482" align="alignnone" width="863"]
मतदाताहरू चेकजाँच गर्दै सुरक्षाकर्मी । सुरक्षाका क्रममा मतदाताहरूले ल्याएकाे सूर्तीजन्य पदार्थहरू (भुइमा) । तस्बिरः भाेजराज[/caption]