धरान/प्रतिनिधि तथा प्रदेश सभा सदस्यको बिहीबार भइरहेको मतदान करिव प्रदेश नम्बर १ को सात जिल्लामा करिव ४० प्रतिशत मत खसिसकेको छ । [caption id="attachment_63511" align="alignnone" width="979"] तस्बिरः उपेन्द्र चाम्लिङ[/caption] क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रेमप्रसाद सञ्जेलका अनुसार कुनै क्षेत्रमा २५ प्रतिशत र कुनै क्षेत्रमा ५० प्रतिशत मत खसिसकेको छ । त्यो हिसावमा प्रदेश १ को ७ वटा जिल्लामा ४० प्रतिशत मत खसिसकेको छ । प्रदेश १ को इलाम, झापा, मोरग, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम गरी कुल २२ लाख ७४ हजार २१६ मतदाता रहेको जनाइएको छ । मतदाताहरु उत्साहका साथ सहभागी भइरहेको कार्यालयले जनाएको छ । बिहानै ५ बजेदेखि नै मत हाल्नको लागि लाइन बस्नेहरुको ताँती रहेको मतदान स्थलका अधिकृतहरुले जानकारी गराएका छन् ।