झापा । झापामा तीन चर्चित नेताले मतदान गरेका छन् । नेपाली काग्रेसका नेता कृष्णप्रसाद सिटौला, राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेन र नेपाली काग्रेसका युवा नेताले आआफनो मतदान केन्द्रबाट मत खसालेका हुन् ।
झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका सदस्य उम्मेदवार सिटौलाले भद्रपुर १० स्थित कलवलगुडी प्राविमा विहान ८ बजेर १० मिनेटमा मतदान गरेका हुन् । उनले आफैलाई मतदान गर्न पाएनन् । उनले झापा क्षेत्र नम्बर १ बाट उम्मेवारी दिएका काँग्रेसलाई मतदान गरे । त्यसैगरी राप्रपा महामन्त्री एवम् झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले बिहान ८ बजे मतदान गरेका छन् ।
उनले झापाको क्षेत्र नम्बर ३ स्थित हल्दिबारी गाउँपालिकाको १ नम्बर वडा कार्यालयबाट मतदान गरेका हुन् । त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार विश्वप्रकाश शर्माले मेचीनगरस्थित कविशिरोमणि माविको मतदान केन्द्रबाट बिहान साढे ८ बजे मतदान गरेका छन् । झापामा उम्मेदवार बनेका शिर्ष नेता मध्ये एमाले अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओलीले झापामा मतदान गर्न पाएन ।
उनले आफ्नो मतदाता नामावली भक्तपुर क्षेत्र नम्बर २ मा सारेपछि आफैलाई मतदान गर्नुबाट बञ्चित हुनु परियो । त्यस्तै माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले झापा क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनको मतदाता नामवली काठमाण्डौं क्षेत्र नम्बर १ मा छ । त्यसैले उनले आफुलाई मतदान गर्न पाएनन् ।