भद्रपुर । स्थानीय तहमा मत खसालेका एक मतदाताले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा भने मत खसाल्न पाएनन । झापा क्षेत्र नम्बर ३ अन्तर्गत भद्रपुर उच्च माविमा मत खसाल्न पुगेका भद्रपुर नगरपालिका ५ का महमद हाकिम मनसुरीले मत खसाल्न नपाएका हुन् ।
विहानै मतदान स्थल पुगेका मनसुरीलाइ स्थलमा खटिएका कर्मचारीले मतदाता नामावली नभेटाएपछि उनले मत हाल्न नपाइ निरास भएर स्थलवाट फर्किएका थिए । निर्वाचन आयोगले जारी गरेको मतदाता क्रमसंख्या १०३६ र मतदाता नम्बर १२१०५७३ मा उनको मतदाता परिचय पत्र रहेको छ । गएको स्थानीय तहमा मत हालेको कार्डवाट यस्पाली नाम छैन भन्दा अचम्म लागेको उनले जनाए । निर्वाचन आयोगको लार्पावाहीका कारण आफुले भोट दिन नपाएको उनले आरोप लगाए । भद्रपुरमा रहेका अन्य मतदान स्थलमा समेत गएपनि मेरो नाम फेला नपरेको उनले गुनासो गरे । मतदाता नामावलीमा नाम समावेश नभएपछि मत दिन नमिलेको मतदान केन्द्र ख का सहायक मतदान अधिकृत राम प्रसाद यादवले बताए । नाम नभएपछि उहाँलाइ कुन आधारले मत हाल्न दिनु भन्दै यस विषयमा निर्वाचन आयोगले नै जान्ने उनले जनाए ।
झापामा २८३ मतदान स्थल र ६९२ केन्द्र रहेका छन् भने ५ लाख ८५ हजार १ सय ६६ मतदाता रहेका छन् । पाँचवटा निर्वाचन क्षेत्रमा १४१ जनाले उम्मेदवार दिएका छन् ।