इटहरी/ इटहरीलाई प्रदेश नम्वर एकको प्रादेशिक राजधानी बनाउँन सकिने आधार सहितको प्रतिवेदन तयार गरेको छ । प्रदेशका चौध जिल्लाको जनसंंख्या र जिल्ला सदरमुकाम संम्म जोडिएका सडक यातायात मार्गको दुरी सम्मको तथ्याक निकाल्दै राजधानी सरोकार समाज सुनसरीले आधार सहितको प्रतिवेदन तयार पारेको छ । इटहरी तथा आसपासका बौद्धिक तथा विश्लेषकहरुको सात सदस्य समुहले इटहरी प्रादेशिक राजधानी हुन उपयुक्त रहेको प्रतिवेदन तयार गरेको हो ।

हाल प्रदेश राजधानीका लागि प्रस्तावित एवं चर्चित केन्द्रहरु धनकुटा, धरान, इटहरी रं विराटनगर सम्म प्रत्येक जिल्ला सदमुकामबाट जोडिएका वा निकट भविश्यमा जोडिने कम दुरीका सडक मार्गको लम्बाईको तथ्याकबाट पनि इटहरी प्रदेश नम्वर एकका १४ जिल्लाका सर्वसाधरणलाई इटहरी आउँन सबैभन्दा छोटो दुरी हुने समितिले प्रतिवेदन तयार गरेको उद्योग बाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष शैलेश विष्टले वताए । उनले भने इटहरी प्रदेशको राजधानीको सबै सबै हिसाबबाट उपयुक्त छ अन्यत्र शहर लौजाने प्रयास नगर्ने उनको आग्रह थियो । प्रदेशका १४ जिल्लामा बसोबास गरिरहेका सम्पूर्ण जनसंख्याले सडक मार्ग भएर यात्रा गर्दा इटहरीको लागि ४३२६६६११ किलोमिटर पर्छ भने धरानको लागि ४८४६७९४५, विराटनगरको लागि ४९०४१७ं४१ र धनकुटाको लागि ६२९५६८०० किलोमिटर यात्रा गर्नु पर्छ प्रतिवेदनमा भनिएको छ । इटहरीलाई हालकै इटहरी मात्र हैन भविश्यको बृहत्तर इटहरीको संभावित संरचनाको अवधारणा सहित लेटाङ्ग बेलवारी, सुन्दरहरैचा, दुहवी, इनरुवा, रामधुनी, बराह तथा धरान सम्मको बृत्तक्षेत्र भित्र राजधानी निर्धारण गर्न उपयुक्त देखिन्छ राजधानी सरोकार समितिका सदस्य बौद्धिब ब्यक्तित्व दिलकुमार बनले भने । पूराना ऐतिहासिक केन्द्र या त भारतीय सीमा नजिक छन या त साँगुरा पहाडी धरातलमा रहेका साना गाउँरशहरका अवस्थामा रहेकाले आधुनिक निर्माण विकासका आवश्यकता एवं आकांक्षालाई धान्न सक्तैन । शहरीकरण र भवन निर्माण ज्यादै खर्चिलो र साँगुरो हुन्छ , पहाड खार्नु पर्ने भएर पर्यावरण सन्तुलन मै असर पर्ने हुन्छ । अतः तराईका समतल क्षेत्रमा नै प्रादेशिक राजधानी कायम गर्दा सेवा सुविधा एवं विकास विस्तारका असीमित सम्भावनाहरुको उच्चतम उपभोग गर्न सकिन्छ । प्रकोपजन्य समस्याको पनि न्यूनिकरण गर्न सकिन्छ । अंतराष्ट्रिय सीमा भन्दा टाढा राष्ट्रिय सुरक्षा संयन्त्रहरुको निकट पहुचको क्षेत्र र वाढी पहिरो जस्ता जोखिम न्यून रहने क्षेत्र इटहरी भएको समाजको निश्कर्ष छ । राजधानी सरोकार समाज अध्ययन प्रतिवेदन समुहका उमानाथ रिजाल,केशव दाहाल,डम्वर खतिवडा,राम प्रसाद चौलागाई,मोहन तिम्सिना,दिल कुमार बन रहेको समितिले प्रतिवेदन तयार गरेको हो ।  तत्काल भौतिक संरचनाहरु अन्य शहरहरुमा प्रयाप्त नभएको भन्दै तरहरामा रहेका कृषि तथा जडिवुटी अनुसंधान केन्द्र, इटहरी चोक नजिकैको खाद्य गोदाम, जुटविकास तथा रेशम विकास क्षेत्र र निर्माणाधिन स्टेडियम, झुम्कामा रहेको कृषि तथा विउविजन केन्द्र तथा अन्य सार्वजनिक ऐलानी, पर्ति, नदीउकास जग्गाहरु पनि राजधानीका आकर्षक पूर्वाधारहरु भएको भन्दै इटहरीलाई राजधानी बनाउँन उपयुक्त रहेको बताईएको छ । सबैका आँगन, चोक तथा चाहेका ठाउमा राजधानि पुर्याउन सकिदैन । राजधानि राख्ने स्थानको सिफारिस विज्ञहरुको आयोग मार्फत हुनु पर्थो । त्यस्तो शोच र संयन्त्र वनेन । विषयको अन्तिम निर्णय अब निर्वाचित हुने प्रदेश सभाले गर्ने हो । प्रदेशका जनता र जनप्रतिनिधिहरुले स्थानको छनोट गर्न युक्तिसँगत र विहंगम दृष्टिको आवश्यकता पर्छ । जनप्रतिनिधिहरुलाई निवेकपूर्ण निर्णयका लागि सन्दर्भ सामग्री पनि उपलब्ध होस भनेर यो प्रतिवेदन तयार गरेको सरोकार समाज सुनसरीले जनाएको छ ।