विराटनगर/ विराटनगरमा रहेको मोरङ सहकारी हस्पिटलले एक महिलाको पेट भित्र रहेको ७ केजी ५ सय ग्रामको ट्यूमरको सफल शल्यक्रिया गरेको छ ।
[caption id="attachment_64824" align="alignleft" width="446"] सफल शल्यक्रिया भएपछि मोरङ सहकारी हस्पिटलमा राई ।तस्बिर : अनिल श्रेष्ठ[/caption]
सुनसरीको बराहनगरपालिका ३ का ३० वर्षिय ईन्दिरा राईको पेटमा रहेको ट्यूमलको बिहीबार हस्पिटलको अत्याधुनिक उपकरण र विशेषयज्ञ चिकित्सवको टोलीले सफल शल्यक्रिया गरिएको हो ।
स्त्री तथा प्रसूती रोग बिशेषयज्ञ डा. बालकृष्ण सह र उनको टिमले राईको सफल सल्यक्रिया गरेको छ । सफल शल्यक्रियापछि अहिले रार्इकाे उपचार भइरहेको छ । ‘शल्यक्रिया सफल भएको छ,’ उपचारमा संलग्न चिकित्सव डा. साहले भने, ‘आइतबारसम्म पूर्ण रुपमा ठिक हुन्छ । त्यसपछि डिस्चार्ज हुनेछ । राईको अवस्था अहिले सामान्य भएको र ठिक भएपछि अन्य मानिस सरह हिडडुल गर्नसक्ने हस्पिटलले जनाएको छ ।
‘१ बर्ष देखि पेट ठुलो हुँदै गएको थियो,’ विरामी राईले भनिन्,‘गर्भ पो बसेछ कि भन्ने डर थियो । हस्टिलमा आएर परिक्षण गर्दा गर्भ देखिएन । उनी भन्छिन्, ‘भिडियो एक्स रे गरेर हेर्दा सिष्टएडिनोमा रहेको थाहा भयो । उपचारपछि अहिले ठिक भएको छु ।’ उनले भनिन् ।